बाँके जिल्लाबाट आज ६४ जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ आश्विन २९, बिहीबार ०९:१७

बाँके । बाँके जिल्लाबाट आज (बिहीबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ६४ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १२ जना महिला र ५२ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक हजार ९६३ पुगेको छ ।

बाँकेमा हालसम्म दुई हजार २५५४ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये २७ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ५८६ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ७६.८६ प्रतिशत, मृत्यु दर १.०२ प्रतिशत र रोगको प्रकोप दर ०.४२ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

 

Next Post

कोरोनाका २४ जना बिरामी शिकिस्त

२०७७ आश्विन २९, बिहीबार ०९:१७
बाँकेमा कोरोनाका २४ जना बिरामी शिकिस्त अवस्थामा रहेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र, बाँकेले जनाएको छ । आइसोलेसन अस्पतालमा रहेका बिरामीहरुको अवस्था आज अपराह्न्न ४ बजे सार्वजनिक गर्दै १ सय २० बिरामी मध्ये अन्य ९६ जना बिरामीको अवस्था मध्यम खालको रहेको जनाएको छ । यस्तै बाँकेका ८ पालिका मध्ये राप्तीसोनारी […]