बाँकेमा कोरोनाका २४ जना बिरामी शिकिस्त अवस्थामा रहेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र, बाँकेले जनाएको छ ।
आइसोलेसन अस्पतालमा रहेका बिरामीहरुको अवस्था आज अपराह्न्न ४ बजे सार्वजनिक गर्दै १ सय २० बिरामी मध्ये अन्य ९६ जना बिरामीको अवस्था मध्यम खालको रहेको जनाएको छ ।
यस्तै बाँकेका ८ पालिका मध्ये राप्तीसोनारी र नरैनापुर बाहेक अन्य ६ पालिकाको होम आइसोलेसनमा २ सय ७ जना संक्रमित बसेका छन । जसमा महिलाको संख्या धेरै छ ।