नेकपा माओवादी केन्द्र जनकिको अध्यक्षमा बर्मा

  ।   २०७८ मंसिर ११, शनिबार २०:१३

बाँके । नेकपा माओवादी केन्द्र जानकी गाउँपालिका बाँकेको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पालिका अध्यक्षमा रक्षाराम बर्मालाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट बर्मासहित ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नबिन शर्माले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा जित शेष, रामप्रकाश दर्नाल र कृष्णकुमार शर्मा, सचिवमा नारायण गिरी, सह-सचिवमा पुष्पा खटिक र कोषाध्यक्षमा सबिता सुनार निर्वाचित भएका छन ।

सम्मेलनलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नबिन शर्मा, बिकास खड्का, वाइसिएल बाँके इन्चार्ज किस्मत अलि शेष (जित) लगायतले सम्बोधन गरेका थिए ।

Next Post

रतन शाही माओवादी केन्द्र नेपालगन्जको अध्यक्षमा सर्वसम्मत चयन

२०७८ मंसिर ११, शनिबार २०:१३
बाँके । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका बाँकेको दोस्रो सम्मेलनले  रतन बहादुर शाहीको अध्यक्षतामा ८१ सदस्यीय कार्यसमिति चयन गरि सम्मेलन सम्पन्न गरेको छ । समितिको उपाध्यक्षमा गोपाल पुन, ताराप्रसाद खत्री (प्रमेश) र वसन्त मल्ल, सचिवमा प्रेमबहादुर शाह, सह-सचिवमा नन्दलाल वैश्य र कोषाध्यक्षमा कश्मिरा खातुन निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई […]