बाँके । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका बाँकेको दोस्रो सम्मेलनले रतन बहादुर शाहीको अध्यक्षतामा ८१ सदस्यीय कार्यसमिति चयन गरि सम्मेलन सम्पन्न गरेको छ ।
समितिको उपाध्यक्षमा गोपाल पुन, ताराप्रसाद खत्री (प्रमेश) र वसन्त मल्ल, सचिवमा प्रेमबहादुर शाह, सह-सचिवमा नन्दलाल वैश्य र कोषाध्यक्षमा कश्मिरा खातुन निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि माओवादी केन्द्र केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज हकिउल्लाह खाँ ले सपथ खुवाउनु भएको छ ।