बाँके–२ मा शान्तिपूर्ण मतदान सम्पन्न, ६३ प्रतिशत मत खस्यो

  ।   २०८२ फाल्गुन २१, बिहीबार १९:३४

सबिता चन्द,
नेपालगन्ज । बाँके क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका लागि भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार कुल ६३ प्रतिशत मत खसेको जनाएको छ।

निर्वाचनको सुरुवातदेखि नै मतदाताको उत्साहजनक सहभागिता देखिएको थियो। बिहानैदेखि मतदाताहरू मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका थिए। मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता तथा सहाय निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार दिउँसो ३ बजेसम्म करिब ५० प्रतिशत मत खसेको थियो भने मतदान सम्पन्न हुँदासम्म यो संख्या बढेर ६३ प्रतिशत पुगेको हो।

मतदान केन्द्रहरूमा सर्वसाधारण मतदाताहरू शान्तिपूर्ण रूपमा लाइनमा बसेर मतदान गरेका थिए। स्थानीय बासिन्दाहरूले निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताएका छन्।

बाँके–२ अन्तर्गतका विभिन्न गाउँ तथा नगरका मतदान केन्द्रहरूमा युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहपूर्वक मतदानमा सहभागी भएका थिए। मतदाताको उल्लेखनीय उपस्थितिले लोकतान्त्रिक प्रक्रियाप्रति जनताको भरोसा झल्किएको स्थानीयले बताएका छन्।

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीहरू मतदान केन्द्रहरूमा दिनभर खटिएका थिए। उनीहरूको सक्रियताका कारण मतदान प्रक्रिया सहज रूपमा सञ्चालन भएको निर्वाचन कार्यालयले जनाएको छ।

बाँके–२ मा देखिएको मतदाताको सहभागिता र शान्तिपूर्ण वातावरणले लोकतन्त्रप्रतिको जनताको विश्वास र प्रतिबद्धता स्पष्ट देखाएको छ।

Next Post

बर्दियाका राजापुर र ठाकुरबाबामा ३० दिने यवसायिक पशुपालन तालिम

२०८२ फाल्गुन २१, बिहीबार १९:३४
नेपालगन्ज, फागुन २८ । बाँके यूनेस्को क्लबले बर्दिया जिल्लाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकामा बाख्रा, बङ्गुर तथा स्थानीय कुखुरा पालन सम्बन्धी ३० दिने व्यवसायिक तालिम सञ्चालन गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो । तालिममा मुख्यतः युवतीहरू सहित […]

सम्बन्धित शीर्षक