छ दिनदेखि एक महिला वेपत्ता

  ।   २०८१ आश्विन ४, शुक्रबार १४:५९

नेपालगन्ज । बाँकेको कोहलपुरबाट एक जना महिला छ दिनदेखि बेपत्ता हुनुभएको छ । कोहलपुर नगरपालिका –२ मनकामना टोलकी अन्दाजी ५० वर्षीया महिला पार्वती चन्द बेपत्ता हुनुभएको हो ।

गत भदौ ३० गते दिउँसो १ बजेसम्म घरमै रहनुभएको र त्यसपछि सम्पर्कमा नआउनुभएको बेपत्ता महिलाकी छोरी सीता चन्दले बताउनुभयो । छोरी सीताले घरमा कोही कसैलाई कुनै जानकारी नदिई घरबाट बेपत्ता हुनुभएको र जताततै खोजतलास गर्दा पनि हालसम्म फेला नपर्नुभएको बताउनुभयो ।

उहाँले बेपत्ता आमा पार्वतीको खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको बताउनुभयो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टले भदौ ३१ गते खोजीका लागि उजुरी आएको र तत्पश्चात् बेपत्ता महिला पार्वतीको खोजतलास भइरहेको जानकारी दिनुभयो ।

Next Post

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

२०८१ आश्विन ४, शुक्रबार १४:५९
काठमाडौ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ। बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी र यूरोप तथा अमेरिकाका विभिन्न देशमा रहेका प्रवास प्रदेश समितिमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरु सहभागी रहनुभएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल […]