राखेपका नवनियुक्त ६ सदस्यद्वारा शपथ ग्रहण

  ।   २०७७ भाद्र १, सोमबार २२:१४

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डका नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

त्रिपुरेश्वरमा रहेको राखेप कार्यालयमा आयोजित एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री तथा परिषद्का अध्यक्ष जगतबहादुर विश्वकर्माले ६ सदस्यलाई शपथ ग्रहण गराउनुभएको हो । शपथ लिनेमा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ छन् ।

मन्त्रिपरिषदबाट ६ सदस्यलाई साउन १४ गते मनोनयन गरिएको थियो । उनीहरुले सोमबारमात्र सपथ लिएका हुन् । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले नियुक्त सदस्यहरुलाई जिम्मेवारीका कार्यभार पूरा गर्न शुभकामना दिनुभयो । मन्त्री विश्वकर्माले अहिले खेलकुदले नयाँ फड्को मारेको, नयाँ ऐन लागू भएको र पूर्वाधारमा उल्लेख्य विकास भएको बताउनुभयो ।

मन्त्री विश्वकर्माले बाँकी बोर्ड सदस्यले चाँडै पूर्णता पाउने जानकारी गराउनुभयो । त्यसका लागि गृहकार्य भइरहेको समेत विश्वकर्माले बताउनुभयो । नवनियुक्त सदस्यबाट प्रतिनिधित्वि गर्दै सदस्य इन्दिरा निरौलाले खेल र खेलाडीलाई राम्रो बनाउनका दिएको कार्यभारलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नयाँ ऐन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार कुल ३७ जनाको बोर्ड हुनेछ । यसअघि राखेपको उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त भइसकेका छन् । उज्यालो अनलाइन

Next Post

पूर्ण तथा आंशिक गरी नेपालका ३९ जिल्लामा निषेधाज्ञा

२०७७ भाद्र १, सोमबार २२:१४
काठमाडौँ । स्थानीय प्रशासन तथा स्थानीय तहले आवश्यकताको आधारमा ३९ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर कोभिड–१९ को फैलन थालेसँगै स्थानीय प्रशासन तथा स्थानीय तहले पूर्ण तथा आंशिक लकडाउन गरेका हुन् । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता चक्रबहादुर बुढाले ३९ जिल्लामा फरक फरक […]

सम्बन्धित शीर्षक