कोरोनाको महामारी शुरु भएयता ७ जना नेपाली पत्रकारको मृत्यु

  ।   २०७७ पुष १६, बिहीबार १५:१५

संवाददाता, नेपालगंज ।
कोरोना भाइरसको संक्रमणबाट हाल सम्म ७ जना नेपाली पत्रकारको ज्यान गएको छ । ५१३ जना पत्रकार कोरोना भाइरसबाट संक्रमण भइ ४७० जना संक्रमण मुक्त भएका छन् ।

नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा गरिएको अभिलेख अनुसार सन् २०२० जनवरी १ देखि २०२० डिसेम्वर ३१ सम्मको अवधिमा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु भएका छन ।

सन् २०१९ मा प्रेस स्वतन्त्रता हननका ५० वटा घटना भएका थिए । यो एकबर्षको अवधिमा सबैभन्दा धेरै ३२ वटा घटना पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका छन् ।

त्यस्तै, ९ वटा घटना पत्रकारमाथि आक्रमणका छन् भने ५ वटा घटना पत्रकार गिरफ्तारीका छन् ।

४ वटा घटना कब्जा तथा अवरोधका रहेका छन् भने २ वटा घटना पेशागत असुरक्षाका रहेको नेपाल पत्रकार महासंघ द्धारा जारी अभिलेख प्रतिवेदनमा उल्लेख छ ।

Next Post

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्तामा हुने

२०७७ पुष १६, बिहीबार १५:१५
काठमाण्डौ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्तामा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने खेल काठमाण्डौको कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ । प्रतियोगिताको मिति केही दिनमा क्यानले सार्वजनिक गर्ने जनाएको छ । यसअघि पुषको ११ गतेदेखि हुने भनिएको प्रतियोगिता अन्तिम समयमा […]

सम्बन्धित समाचार