विद्यालयमा गुणस्तरीय शिक्षाकालागि एकीकृत पाठ्यक्रम लागू गर्न अनुरोध

  ।   २०८१ जेष्ठ १९, शनिबार १३:०४

नेपालगन्ज । बाँके युनेस्को क्लब र मधुवन नगरपालिका शिक्षा इकाईको आयोजनामा बर्दियाको मधुवन नगरपालिकामा स्थानीय एकीकृत पाठ्यक्रमबारे तीन दिने कार्यशाला आयोजना गरिएको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला सञ्चालन गरिएको हो ।

एकीकृत पाठ्यक्रम र गुणस्तरीय शिक्षाको महत्व बारे आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले संचालित सो कार्यशालामा बोल्दै मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले विद्यालयमा गुणस्तरीय शिक्षा सुधार र एकीकृत पाठ्यक्रम लागू गर्न सबै शिक्षकलाई अनुरोध गर्नु भयो ।कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले वर्तमान परिस्थितिमा शिक्षाको महत्वबारे प्रकाश पार्दै एकीकृत पाठ्यक्रम, शिक्षक निर्देशिका र पाठ्यक्रमलाई राम्रोसँग कार्यान्वयन गर्न शिक्षकलाई उत्प्रेरित गर्नु आवश्यक रहेको बताउनुभयो ।

मधुवन नगरपालिका उपमेयर चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक मीनबहादुर थापा र शिक्षा इकाइ प्रमुख नारायणप्रसाद खनालको पनि उपस्थिति रहेको थियो । सो कार्यशालामा कक्षा १ मा पढाउने मधुवन नगरपालिकाका ३४ जना शिक्षकहरुको सहभागिता रहेको थियो । सहभागी शिक्षकहरूले कार्यशालाको एजेन्डा, छलफल पद्धति र सहजीकरण सीपको उच्च प्रशंसा गर्नुभयो । शिक्षकहरूले आफ्ना विद्यालयहरूमा पाठ्यक्रम र शिक्षकको निर्देशन लागू गर्ने प्रतिबद्धता व्यक्त समेत सो अवसरमा व्यक्त गर्नुभयो ।

कार्यक्रमको संचालन शिक्षा इकाइका खगेन्द्र खनालले गर्नु भएको थियो भने कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले कार्यक्रमको उद्देश्य र परियोजनाको विषयवस्तु बारे प्रस्ट पार्नु भएको थियो ।

कार्यशालामा सहजिकरण शिक्षा इकाइ प्रमुख नारायणप्रसाद खनाल र शंकरप्रसाद आचार्यले गर्नु भएको थियो । कार्यशालामा क्लबका कार्यक्रम अधिकृत ईश्वर विक र फिल्ड सुपरभाइजर रीता अर्यालको पनि सहभागिता रहेको थियो ।

Next Post

अब्बल पत्रकार बन्नुहोस्: पुर्व उपसभामुख सुवेदी

२०८१ जेष्ठ १९, शनिबार १३:०४
नेपालगन्ज । ´तपाईहरु अब्बल पत्रकार बन्नुहोस्` नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पुर्व उपसभामुख पुर्ण कुमारी सुवेदीले प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको प्रशिक्षण कार्यक्रममा भन्नुभयो । नेपाल पत्रकार महासंघको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सो कुरा उहाँले भन्नुभएको हो । पुर्व उपसभामुख सुवेदीले पत्रकार महासङ्घमा लागेको ताल्चालाई इङ्गित गर्दै […]