बीस बर्षदेखि थन्किएको कृषि औजार खारखाना अर्थ मन्त्री जनार्दन शर्माको पहलमा पुनः संचालनमा आउँदै

  ।   २०७९ आश्विन ११, मंगलवार २०:३७


काठमाडौं । बीस बर्षदेखि थन्किएको कृषि औजार कारखाना अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को पहलमा पुनः संचालनमा आउने भएको छ ।

अर्थ मन्त्रालयले कृषि औजार कारखानालाई संचालन गर्न महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने सम्झौतामा हस्ताक्षर गरेको छ । बिगत २० वर्ष देखि संचालनमा न आएको सो कृषि औजार कारखाना अब पुनः सुरु हुने भएको अर्थमन्त्रीले जनाएको छ । मन्त्री शर्माले नयाँ बजेटमा रुग्ण रहेका कल कारखानालाई संचालनमा ल्याउने घोषणा गर्नु भएको थियोे । “मलाई अचानक चिट्ठा परेको छ,” राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले खुसी हुँदै भन्नुभयो । “मलाई धेरै मन्त्रीहरुले बोलाए तर यसरी ठोस रूपमा काम गर्ने जिम्मा कसैले दिएनन् आज मन्त्री जनार्दन शर्माले दिनु भयो,” उहाँले थप्नु भो । साथै उहाँले अर्थ मन्त्री शर्मा र नेपाल सरकारले गरेको विश्वास पूरा गर्न आफू र आफ्नो टोलि प्रतिबद्ध रहेको बताउनु भयो ।

Next Post

चाडपर्वका बेला अपनाउनै पर्ने सुरक्षा सावाधानी बारे, डीएसपी राम प्रसाद घर्तिमगर सल्लाह

२०७९ आश्विन ११, मंगलवार २०:३७
अपराध नियन्त्रण गर्ने, शान्ति सुरक्षा ब्यवस्थापन गर्ने काम नेपाल प्रहरीको भएको हुनाले यो दशैं, तिहार, छठ जस्ता चाडपर्वमा हामी संम्भावित जोखिम, अपराधका घटनालाई नियालेर बढी खटिनुपर्ने हुन्छ । विदा चाँही मिल्दैन । खानपिन, भेटघाट रमाईलो सधैको हो । दशैं तिहार हामीले मनाउनु भन्दा पनि आम जनमानसले कसरी हर्षउल्लासका साथ शान्तिपूर्ण […]