चाडपर्वका बेला अपनाउनै पर्ने सुरक्षा सावाधानी बारे, डीएसपी राम प्रसाद घर्तिमगर सल्लाह

बाँकेमा चाडपर्व लक्षित बिशेष कार्ययोजनाका साथ ८६७ जना भन्दा बढी प्रहरीले डिउटी दिदै

  ।   २०७९ आश्विन १२, बुधबार १९:०५

अपराध नियन्त्रण गर्ने, शान्ति सुरक्षा ब्यवस्थापन गर्ने काम नेपाल प्रहरीको भएको हुनाले यो दशैं, तिहार, छठ जस्ता चाडपर्वमा हामी संम्भावित जोखिम, अपराधका घटनालाई नियालेर बढी खटिनुपर्ने हुन्छ । विदा चाँही मिल्दैन । खानपिन, भेटघाट रमाईलो सधैको हो । दशैं तिहार हामीले मनाउनु भन्दा पनि आम जनमानसले कसरी हर्षउल्लासका साथ शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्छन, गराउन सकिन्छ भन्ने चासो र चिन्ता हामीलाई हुन्छ । शान्ति सुरक्षा अमनचयनका साथ दशैं सम्पन्न भयो भने सबभन्दा ठुलो दशैं हाम्रो त्यो हो । 

दशैं शुरु भएसगैं चाडपर्व लक्षित बिशेष सुरक्षा कार्ययोजनाका साथ बाँके प्रहरी शान्ति सुरक्षा ब्यवस्थापन, अपराध नियन्त्रणको कार्यमा सक्रिय भईरहेको छ । तर सुरक्षाका दृष्टिकोणले कतिपय योजनाहरु बाहिर सार्वजनिक गरिएको छैन । फिल्डमा ८६७ जना भन्दा बढी प्रहरीले डिउटी दिदै छन ।

सुरक्षित आवागमनलाई ध्यान दिई जमुनाह सिमानाका, धनौली खजुरा, नेपालगंज बसपार्क, कोहलपुर बसपार्क, अगैया, संम्झना बजार क्षेत्रमा यात्री तथा नागरिक सहायता कक्ष संञ्चालन गरिएको छ । यहाँबाट यात्रु तथा यातायात ब्यवासायि लगायत सँग समन्वय सहकार्य गरिन्छ ।

जिल्लाबाट सादा पोसाकका प्रहरी परिचालन नगरेता पनि सादा पोसाकका प्रहरी परिचालन गरिरहेको लुम्बिनी प्रदेश प्रहरी ब्युरो कार्यालय सँग भने निरन्तर समन्वय भईरहेको छ । यसै सिलसिलामा पत्रकार प्रेम विश्वकर्माले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राम प्रसाद घर्तिमगर सँग ‘चाडपर्वका बेला अपनाउनै पर्ने सुरक्षा सावाधानी बारे’ गर्नुभएको कुराकानीमा आधारित केही संक्षिप्त अंश ।

१. दशैं घर आँगनमा भित्रिई सकेको छ । अरु चाडपर्व पनि नजिकिदै छन । जिल्ला प्रहरी कार्यालय बाँकेको चाडपर्व लक्षित सुरक्षा योजना कस्तो छ ?

अब यो २०७९ सालको दशैं, तिहार लगायतका चाडपर्व सुखत र हर्षउल्लासमय वातावरणमा मनाउन र सम्पन्न गर्नको लागी, आम जनताको जीउधनको सुरक्षाको लागी हामीले ८६७ जना भन्दा बढी प्रहरी बाँके जिल्लाभरी परिचालन गरेका छौं ।

र हामी शान्ति सुरक्षा तथा अमनचयन कायम गर्नको लागी सबै प्रहरी युनिटहरुलाई निर्देशन दिई सकेका छौं । र सिमा नाकाहरुमा यात्री सहायता कक्ष स्थापना गरेका छौं । वसपार्क, बढी भीडभाँड हुने बजार क्षेत्रमा पनि सहायता कक्षहरु छन । यो बाहेक हाम्रो अन्य योजनाहरु पनि तयार गरिरहेका छौं ।

२. संम्भावित चोरी, सडक दुर्घटनाबाट जोगिन अपनाउनै पर्ने सुरक्षा सावधानीहरु केके हुन सक्छन ?

सर्वप्रथम त, चोरी, डकैति, लुटपाट नहोस भन्नको लागी सम्पूर्ण जनमानसहरुलाई हामीले सुचित गरेका छौं । कि तपाईहरुको घर, छर–छिमेकमा कुनै नौला अनुहारका मानिसहरु देखा परे, कुनै अपरिचत ब्यक्तिहरु त्यहाँ आए ।

कुनै त्यस्तो असोभनिय ब्यवहार देखाए भने समयमै प्रहरीलाई सम्र्पक गर्ने । र हामीले यो चोरी, डकैति, लुटपाटबाट बच्नको लागी क्यिुआरटी टोली, ग्रामिण गस्ती, सरप्राइज चेकिङ्ग, बलकिङ्ग लगायतका सबै प्रहरी टोलि हामीले तयार गरिसकेका छौं । र आम जनमानसबाट सूचना संकलनको लागी पनि त्यसको संयन्त्र खडा गरिसकेका छौं की, ताकी कुनै चोरी, डकैति, लुटपाट भयो भने त्यहाँ तत्कालै फ्रष्ट एण्ड क्वीक रेष्पोन्स होस भन्नका लागी त्यस्तो तयारी गरेका छौं ।

र अर्को कुरा सडक दुर्घटना हुनबाट जोगिनका लागी हामी सम्पूर्ण यात्रु महानुभावहरुलाई भीडभाँड र गन्जागोल अवस्थामा यात्रा नगरीदिनको लागी, सिट क्षमता भन्दा बढी यात्रु नराख्न, नबसीदिनको लागी अनुरोध गर्दछौं । र गरेका पनि छौं । यातायात ब्यवासायिहरुलाई त्यही अनुसार सूचित गरेका छौं । ट्राफिक प्रहरीलाई पनि अर्लट गरिसकेका छौं, की मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सिट क्षमता भन्दा बढी यात्रु राख्ने, ट्राफिक नियम पालन नगर्नेहरुलाई निगरानी गर्न भनेर ।

३. काठमाडौं लगायतका केही ठाउँमा यान्त्रिक परीक्षणको कुरा चलिराख्या छ । यान्त्रिक परीक्षण बिना गाडी चलाउन नदिने भनेर, अहिले सबैतिर रुट परमिट खुला गरिएको अवस्थामा यस बारेमा बाँकेमा केही छलफल कुराकानी भएको छ की ?

पहिलो कुरा त अब, रुट परमिट दिने निकाय यातायात ब्यवस्था कार्यालय भएको हुनाले, उसले रुट परमिट दिइसकेपछि कार्यन्वयनका सन्र्दभमा नेपाल प्रहरी र ट्राफिक प्रहरीले हेर्ने भएकाले त्यसमा समस्या भएन । रुट परमिट बाहेकको गाडीहरु अन्य क्षेत्रमा जाने कुरा नै भएन । त्यस्तो सूचना हामीलाई आएको पनि छैन ।

कहिले कँही सुरक्षाकर्मी, यातायातको आँखा नै छलेर कसैले संञ्चालनमा ल्याएको छ भने तिनलाई कडा भन्दा कडा कारबाही हुन्छ । यान्त्रिक परीक्षणको लागी यातायात ब्यवस्था कार्यालयले सबै ब्यवस्था मिलाई सकेको छ ।

जानकारी लिनको लागी त्यहाँ सम्र्पक गर्न म अनुरोध गर्दछु । मलाई जहाँ सम्म लाग्छ, कुन गाडी चलाउन हुने, कुन गाडी चलाउन नहुने भनेर यातायात ब्यवस्था कार्यालयले दिन कागजातमा प्रष्टई हुने भएकाले जहाँ सम्म समस्या नहोला । नेपाल प्रहरीले यसमा निगरानी गरिरहेको छ ।

४. केही दिन यता कोहलपुर वरपरका ठाउँमा चोरीका घटनाहरु बढेको भनेर हल्ला आईरहेको छ । साना–तिना घटना हुदै ठुलोमा जाने होला ? यसबारेमा तपाईहरुले के गरिरहनुभएको छ ?

यसबारेमा हामीले अनुसन्धान, चोरी नियन्त्रणका लागी त्यहाँ थप मद्दत पुग्ने गरी प्रहरी परिचालन गरिसकेका छौं । एउटा त्यहाँ छुट्टै किसिमको सुरक्षा योजना, कार्ययोजना तयार गरेका छौं ।

स्वंयम म पनि त्यहाँ (मंगलबार) राती नै अनुगमन गर्न गएको थिए । छिटफुट रुपमा त्यहाँ चोरीका घटना भएकाले त्यसलाई हामीले गंम्भिर रुपमा लिएका छौं । हाम्रा यहाँ जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्यूबाट पनि त्यहाँ इलाका प्रहरी कार्यालयका प्रमुख ज्यूलाई सबै निर्देशन भइसकेको छ । त्यहाँ सर्वपक्षिय बैठक पनि बसेको छ । मलाई लाग्छ, त्यहाँ चोरीका घटना तुरुन्तै नियन्त्रण हुन्छ ।

५. चाडपर्व सगैं मंसिर ४ को प्रदेश र प्रतिनिधि सभा चुनावको ब्यापक चहल पहल छ । यसअघि कोभिड–१९ का कारणले राम्ररी चाडपर्व मनाउन नपाएकाले पनि यसपाली अझै भब्य हुने निश्चित छ । तपाईहरुलाई शान्ति सुरक्षा ब्यवस्थापन गर्न अलि चुनौति थपिएको हो ?

हामीले शान्ति सुरक्षा र अमनचयन कायम गर्ने कुरामा कहिल्यै खेलवाड पनि गर्दैनौं र, यसलाई समान्य रुपमा पनि लिदैनौं । कुनै पनि घटना, असहज परिस्थिती सूचना दिएर आउने होइन । त्यो एक्कासी, आकास्मिक रुपमा हुने हो । कहिले कंही घटनाहरु हाम्रो नियन्त्रण भन्दा पनि बाहिर गईदिन्छ ।

त्यही पनि हामीले नियन्त्रण भन्दा बाहिर नजाओस भनेर कार्ययोजना अनुसार कुनै अप्रिय घटना नहोस, यसलाई हामी नियन्त्रण गर्न सक्छौं भन्ने दृढ विश्वासका साथ काममा परिचालित हुन्छौं । र गरिरहेका छौं ।

६. सर्वसाधारण नागरिकका नेपाल प्रहरी सँग धेरै आसा छन, होलान पनि । अनि नेपाल प्रहरीले सर्वसाधाण सँग कस्तो किसिमको सहयोगको अपेक्षा गर्दछ, सधै ?

जसरी डाक्टरले एउटा सिटामोल खुवाएर तुरुन्त ज्वरोलाई नियन्त्रण गर्छ । त्यसैगरी नेपाल प्रहरीले पनि मेरो समस्या र घटनाको पनि तत्काल समस्या समाधान गर्छ भनेर आम सर्वसाधारणहरु हामी कहाँ आउनुभएको हुन्छ ।

कहिले कंही यस्तो भईदिन्छ की, कुनै कानूनले पनि नसमेटेको कुरा, नेपाल प्रहरीले गर्ने कार्यक्षेत्र भन्दा पनि बाहिरको कुरा, त्यसले गर्दा आम जनमानसमा वितृष्णा उत्पन्न हुनु स्वाभाविक हो । त्यसलाई हामीले अन्यथा लिदैनौं ।

हामीले गर्न सक्ने कुराहरु यहाँबाट सबै गर्छौं । हामीले गर्न नसक्ने बिषयहरुमा सुझाव र सल्लाह दिएर सम्बन्धित निकायमा जानको लागी अनुरोध गर्दछौं । र हामीलाई यस्तो समस्या पर्दछ की, कहिले कंही सर्वसाधारणबाट आएको गुनासोको समाधान गर्न नसकेको अवस्था छ ।

कानून हामी सबैका लागी बराबर हो, आ–आफनो ठाउँबाट पालन गरी सहयोग गरौं । चाडपर्व लगायतका हरेक परिस्थितीमा आम सर्वसाधारणहरुले प्रहरीलाई सहयोग गर्नुपर्ने हुन्छ । नेपाल प्रहरी बर्दीको प्रहरी हो भने आम नागरिक बिना बर्दीका प्रहरी हुन भन्ने नारा नै छ । प्रहरी हाम्रो सेवक हो, रक्षक हो भनेर आम जनमानसले बुझेर सहयोग गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।

७. भनेपछि, अब दशैं लगायतका चाडपर्वमा आफनो घर छोड्नु अघि के गर्ने ?

सकभर त, घरै नछोड्नुहोस भनेर म अनुरोध गर्छु । किनभने चोरी, डकैति गर्र्ने मान्छेले पनि प्रहरी, आम जनमानसको आँखा छल्दै अपराध गर्ने हो । त्यो हिसावले घर छोड्नु अघि आफनो ताला, साँचो मजबुझ, बलियो राख्नुपर्यो ।

बहुमुल्य चिजहरु खाली घरमा राख्न भएन । छर–छिमेकहरुलाई जानकारी गराउन पर्यो । सकिन्छ भने, घर रेखदेख गर्र्नको लागी एक जना मान्छे राख्न जरुरी छ ।

८. कंही कतै त्यस्तो समस्या भए के गर्ने ?

कुनै समस्या भईदियो भने नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्न सकिन्छ । यहाँको कार्यालय प्रमुखको ९८५८०५५५५५ वा मेरो ९८५८०२३९२२ मा सहजै सिधै पनि फोन गर्न सक्नुहुन्छ ।

यसैगरी कुनै घटना घट्न साथ छर–छिमेक, आफन्त, इष्टमित्रलाई पनि भन्न सकिन्छ, ताकी त्यो सूचना छिटो प्रहरी सम्म पुगोस । र प्रहरीले पनि छिटो नियन्त्रणमा लिन सकोस ।

९. एउटा कुरा, चाडपर्व लक्षित सुरक्षा योजना बनाएर काम त गरिरहनुभएको छ । हजुरहरु सँग पर्याप्त जनशक्ति, स्रोत साधान छ, की छैन ?

जनशक्तिको कुरा गर्दा हामीले माग गरेको केही जनशक्ति आइपुगेको छ, केही आउन बाँकी छ । तर पर्याप्त भने होइन हामी सँग जनशक्ति, साधान स्रोतको कमी नै छ । जस्तो की, क्यिुआरटी मोटर साइकलहरु छैन । मोबाइल गाडीहरु कम छन । रिर्जव फोर्स लागी त्यस्तै छ । सेटहरुको पनि समस्या छ ।

१०. अनि नेपाल प्रहरीको आफनो दशैं सहितका चाडपर्व कस्तो रहन्छन ?

अपराध नियन्त्रण गर्ने, शान्ति सुरक्षा ब्यवस्थापन गर्ने काम नेपाल प्रहरीको भएको हुनाले यो दशैं, तिहार, छठ जस्ता चाडपर्वमा हामी संम्भावित जोखिम, अपराधका घटनालाई नियालेर बढी खटिनुपर्ने हुन्छ । विदा चाँही मिल्दैन ।

खानपिन, भेटघाट रमाईलो सधैको हो । दशैं तिहार हामीले मनाउनु भन्दा पनि आम जनमानसले कसरी हर्षउल्लासका साथ शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्छन, गराउन सकिन्छ भन्ने चासो र चिन्ता हामीलाई हुन्छ ।

शान्ति सुरक्षा अमनचयनका साथ दशैं सम्पन्न भयो भने सबभन्दा ठुलो दशैं हाम्रो त्यो हो । आफनो डिउटी, कर्तब्य र उत्तरदायित्व के हो त भन्ने कुरामा नेपाल प्रहरी प्रतिबद्ध छ ।

Next Post

टोले भीडन्त र नेपालगञ्ज (भाग – २)

२०७९ आश्विन १२, बुधबार १९:०५
नरेन्द्रजङ्ग पिटर गत अङ्कको टोले भीडन्त लेखी प्रकाशनपछि, पाठक र भुक्तभोगीले भीडन्तका कारकहरूका रुपमा देखिने र गाँठी कुरा, अनि कसरी त्यस्ता भीडन्त र ग्याङ फाइट रोकिए ! त भन्ने जिज्ञासा, प्रश्न र कौतुहलता राखियो । त्यसमा महत्वपूर्ण पक्ष किन मधिसे, बनिया र मुसलमान सामेल भएनन् त ! भन्ने सामाजिक मनोविज्ञानका […]