गतिलो निर्णय जनतालाई राहत कोरोना जाँच गर्न २ हजार २ सय मात्र

  ।   २०७७ भाद्र १८, बिहीबार २३:०८

नेपालगन्ज । अबदेखि स्वैच्छिक रुपमा कोरोना जाँच गराउन चाहानेलाइ २ हजार २ सय रुपैया मात्र लाग्ने भएको छ । चर्को मुल्यका कारण कोरोना जाँच गराउन नसकिरहेको बेला सुलभ मुल्यमा जाँच गराउन पाउने नियम संगै नेपालगन्जमा यो कार्यको प्रशंसा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालीन कार्य संचालन केन्द्रबाट प्राप्त निर्देशन र भेरी अस्पताल बिकास समितिको निर्णयले स्वइच्छाले कोरोना परिक्षण गराउन चाहनेहरुलाइ २ हजार २ सया रुपैया मात्र लाग्ने भएको छ । अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद कुमार धितालले जारी गर्नुभएको सूचना बाहिरिए संगै सो रकम लाग्ने खुलासा भएको हो ।

बिकास समिति अध्यक्ष धितालको नेतृव भित्रिएपछि छोटो समयमै उल्लेखनीय कार्य हुँदै आएका छन् । भेरी अस्पताललाई सय बर्ष पछिसम्मको सोच राखेर यसको स्तर उन्नति गरिने भन्दै अध्यक्ष धितालले २ हजार २ सया ल्याउ कोरोना जचाउन सबैलाई आग्रह गर्नु भयो ।

अध्यक्ष धितालले जारी गर्नुभएको सूचनाको छाँया कपि

Next Post

"इन्जिएर एण्ड नर्स रिभोलुस्नरि सोसाइटी" ग्रुपद्वारा "दृस्टीविहिन दम्पति"लाई सहयोग

२०७७ भाद्र १८, बिहीबार २३:०८
जुम्ला । इन्जिएर एण्ड नर्स रिभोलुस्नरि सोसाइटी” ग्रुपद्वारा “दृस्टीविहिन दम्पति”लाई ७० हजार २ सय रुपैया हस्तान्तरण गरिएको छ । सहयोग गर्नका लागि साउन १७ गते देखि ३२ गते सम्म संकलित सो रकम हस्तान्तरण गरेको हो । बिकट जिल्ला जुम्लाका दृस्टिबिहिन जोडिलाई राहत स्वरुप ग्रुपले दृस्टिबिहिन मनबहादुर कुवरको खातामा रकम अनलाइन […]