दाङ : तुलसीपुर इलाका प्रशासन कार्यालय र स्वास्थ्य चौकी सिल

  ।   २०७७ भाद्र १०, बुधबार २२:०३

दाङ । दाङको इलाका प्रशासन कार्यालय तुलसीपुर र स्वास्थ्य चौकी सिल गरिएको छ ।

तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना सङ्क्रमण पुष्टि भएकाले सात दिनसम्म कार्यालय सिल गरिएको नगर प्रमुख घनश्याम पाण्डेयले जानकारी दिनुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ । स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि कार्यालय सिल गरिएको प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

​समुदायस्तरमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि तुलसीपुर उपमहानगरपालिकाको बुधबार बेलुकी बसेको आपत्कालीन बैठकले तत्काल कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

नगरप्रमुख पाण्डेले समुदायमा कोरोना परीक्षणको तत्काल प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै सङ्क्रमणको अवस्था हेरेर लकडाउनको अवस्थामा हेरेफेर गरिने जानकारी दिनुभयो ।

उहाँँले सङ्क्रमणको जोखिम भएकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन अपिल गर्नुभएको छ ।

बुधबार मात्रै तुलसीपुरका सात जनासहित दाङका १६ जनामा कोरोना पुष्टि भएको छ । उज्यालो अनलाइन

Next Post

स्थानीय तहका कर्मचारी सरुवा नगर्न मन्त्रालयको आग्रह

२०७७ भाद्र १०, बुधबार २२:०३
नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड– १९) को महामारी भइरहेको बेला स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका उपसचिव प्रमोद सिङ्खडाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ को महामारीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई जहाँ छन्, त्यहीँबाट कामकाजको व्यवस्था […]