प्रहरी र कानुन व्यवसायीलाई बालबिवाह र लैंगिक हिंसाका घटना ब्यबस्थापन तालिम

  ।   २०७९ भाद्र १३, सोमबार २०:०९


नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा बाल बिवाह र लैंगिक हिंसाका घटनाहरू ब्यबस्थापन तथा कानुनी संरक्षण सम्बन्धी ३ दिने तालिम सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा बर्दियामा सञ्चालित बाल विवाह, चाडै विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।
तीन दिनसम्म सञ्चालन भएको सो तालिममा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयका महिला, बालबािलका सेवा केन्द्रका प्रहरी कर्मचारीहरू र जिल्ला बार एशोसियनमा आवद्ध कानुन ब्यबसायीहरूको सहभागिता रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । सो तालिमले बाल बिवाह र लैंगिक हिंसाका घटनाहरू ब्यबस्थापन गर्न तथा कानुनी संरक्षण गर्न सहज हुने उहाँले बताउनुभयो ।
बाल बिवाह, लैंगिक हिंसा र बाल संरक्षणका घटनाहरूको उचित सम्बोधन, प्रभाबित बालबाालिकाहरूको आबश्यकताहरूको सम्बोधन र उनीहरूको कानुनी संरक्षण सम्बन्धमा महिला, बालबालिका सेवा केन्द्रका प्रहरी र जिल्ला बार एशोसियसन आवद्ध कानुन ब्यबसायीहरूको क्षमता तथा सिपकोे बिकास गर्ने उदेश्यले तालिम सञ्चालन गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
तालिममा सहभागि जिल्ला बार एशोसियनका उपाध्यक्ष उदयमणी आचार्यले यो तालिमले बालविवाह र लैंगिक हिंसाका घट्नाहरु बुझ्न तथा व्यवस्थापनमा ठुलो सहयोग गर्ने बताउनुभयो ।
तालिमको शुरूवात र समापन बाँके युनेस्को क्लबका उप कार्यकारी निर्देशक महेश नेपाली गर्नुभएको थियो भने उक्त तालिममा प्रशिक्षकको भूमिका बाल अधिकारकर्मी भिमराज अबस्थीले गर्नुभएको थियो ।
तालिममा बाँके युनेस्को क्लबका अनुगमन, मुल्यांकन तथा दस्तावजीकरण अधिकृत मो. इर्शाद राइ, फिल्ड अफिसर धिरज कुमार चौधरी लगायतको पनि सहभागिता रहेको थियो ।

Next Post

व्यवसायी संघ बाँकेको आफ्नै कार्यालय उद्घाटन

२०७९ भाद्र १३, सोमबार २०:०९
नेपालगन्ज । नेपालगन्जको न्युरोडमा उधोग व्यवसायी संघ बाँकेले  सोमबार आफ्नो कार्यालयको उद्घाटन गरेको छ । लामो समयदेखि व्यवसायी संघको आफ्नै कार्यालय भएकोले व्यवसायीहरुका आवश्यक समस्यामा ध्यान केन्द्रित नभएको कुरालाई मनन गर्दै व्यवसायी संघले आफ्नो कार्यालय स्थापना गर्न सफल भएको संघ बाँके अध्यक्ष तेज प्रसाद रेग्मीले बताउनु भयो । कार्यलय उद्घाटनका […]

सम्बन्धित समाचार