बाँकेको खजुरामा गठबन्धनका उम्मेदवारमाथी आक्रमण प्रयास

  ।   २०७९ बैशाख २९, बिहीबार २३:३५

बाँकेको खजुरामा गठबन्धनका उम्मेदवारमाथी आक्रमण प्रयास
खजुर । बाँकेको खजुरा गाउँपालिकामा एमाले कार्यकर्ताले ‘कांग्रेस–माओवादी गठबन्धन’ को कार्यालय घेराउ गरी उम्मेदवारमाथी आक्रमण गर्ने प्रयास गरेका छन् ।
खजुरा गाउँपालिका वडा नम्बर ६ स्थित गिजरा बस्तीमा रहेको गठबन्धनको कार्यालयमा बसेर उम्मेदवारले शुक्रबार(भोली) हुने मतदानका विषयमा आन्तरिक रुपमा सर, सल्लाह गरिरहेको अवस्थामा एक्कासी घेराउ गरी आक्रमण प्रयास गरेका हुन् ।

गाउँपालिका अध्यक्षका उम्मेदवार डम्बर बिक तुफान, उपाध्यक्षका उम्मेदवार मञ्जु मल्ल लगायतलाई घेराउ गरी एमाले कार्यकर्ताले आक्रमण प्रयास गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार करिव २५÷३० वटा मोटरसाईकलमा पुगेका अपरिचित युवाहरुले गठबन्धनको सम्पर्क कार्यालय घेराउ गरी आक्रमण गर्न खोजेपछि गाउँलेहरुले प्रतिकार गर्दै लखेटेको अध्यक्षका उम्मेदवार बि.कले जानकारी दिए ।

‘करिव साढे ७ बजेतिर म र उपाध्यक्षका उम्मेदवारसहित केही साथीहरु गिजरा बस्तीमा रहेको गठबन्धनको सम्पर्क कार्यालयमा बसेर भोलीको लागि सर सल्लाह गरिरहेका थियौं, एक्कासी २५÷३० वटा मोटरसाईकलमा एमाले निकट युवाहरु आएर हामीलाई घेरा हाले,’ बिकले टेलिफोनमा भने ‘हामीलाई आक्रमण गर्ने प्रयास गरेपछि गिजरा बस्तीका जनताले प्रतिकार गरेर उनीहरुलाई लखेटे र हामीलाई आफ्नो घरमा सुरक्षितसँग राखे ।’ एमाले काईकर्तालाई लखेटेपछि घटनास्थलमा प्रहरी पुगेर सुरक्षा दिएको स्थानीयको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) मधुसुदन न्यौपानेले खजुराको गिजरा बस्तीमा दुई पक्षबीच विवाद उत्पन्न भएको बताए । ‘दुबै पक्षबीच विवाद बढेपछि हाम्रो टोली गिजरा बस्तीमा पुगेको छ, विवादको कारण हामीले बुझेका छैनौं,’ उनले भने । यसैबीच खजुरा गाउँपालिकाकै वडा नम्बर २ मा पनि ‘कांग्रेसमाओबादी गठबन्धन’ र एमाले कार्यकर्ताबीच झडप भएको छ । कांग्रेसका क्रियाशिल सदस्य एवम तरुण दलका नेता कमल पुनको घरमा एमाले कार्यकर्ताले आक्रमण गर्दा दुबै पक्षबीच झडप भएको बताइएको छ ।

आक्रमणमा परी एक दर्जन जति घाइते भएका छन् । सो क्रममा एमाले कार्यकर्ताले प्रयोग गरेका ६ वटा मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मौन अवधिको समयमा एमाले कार्यकर्ताहरु मोटरसाईकलसहित आक्रमण गर्न आएपछि झडपको स्थिती बनेको एक स्थानीयले बताए ।

Next Post

त्रिभुवन विश्वविद्यालयले दुई दिन सार्वजनिक विदा नदिने

२०७९ बैशाख २९, बिहीबार २३:३५
संवाददाता । त्रिभुवन विश्वविद्यालय (त्रिवी ) ले दुई दिन सार्वजनिक विदा नदिने निर्णय गरेको छ । त्रिवीको सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना निकाल्दै विद्यार्थीको पठनपाठन र विश्व विद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवालाई नियमित रुपमा सञ्चालन गर्ने जनाएको हो । सूचनामा विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो […]

सम्बन्धित समाचार