संवाददाता, नेपालगंज ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली ‘क्रान्तिकारी हुन की, कायर’ सोध्नुहोस भनी सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
बाँकेको नेपालगंजमा आज नेपाली काग्रेंसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्रीलाई अपराधी र राष्ट्रपतिलाई मतियारको संज्ञा दिनुभयो ।
उहाँले केपी ओलीले जनदेशको अपमान गरेको दाबी गर्नुभयो । असंम्बैधानिक कदमका विरुद्धमा नेपाली काग्रेंस एक ढिक्का भएर लागेकोले सबै समुदाय, वर्गलाई साथ दिन नेता थापाले अपिल गर्नुभयो ।