प्रिमियर लिग स् टोटेनह्याम, चेल्सी, ब्राइटन र म्यान्चेष्टरको जित, टोटेनह्याम शीर्ष स्थानमा

  ।   २०७७ मंसिर ७, आईतवार ०७:०३

एजेन्सी । टोटेनह्याम इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।

राति म्यान्चेष्टर सिटीलाई २-० गोलले हराउँदै टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको हो । सन ह्युङ मिन र वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जियोवानी लो सेलोले घरेलु टोलीलाई जित दिलाउन एकरएक गोल गरे । टोटेनह्यामले लिगमा लगातार चार खेलमा जित निकालेको छ ।

टोटेनह्यामले प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीसँग २ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको टोटेनह्यामको २० अंक छ । सिटी तालिकाको १० औं स्थानमा छ । अर्को खेलमा भने चेल्सीले न्युक्यासल युनाइटेडलाई २–० गोलले हराएको छ । न्युक्यासललाई हराएसँगै एकैछिन चेल्सी शीर्ष स्थानमा उक्लिएको थियो ।

फेरि म्यान्चेष्टर सिटीलाई २–० गोल अन्तरले हराउँदै टोटेनह्याम शीर्ष स्थानमा फर्किएको हो । यस्तै अर्को खेलमा ब्राइटनले एस्टन भिल्लालाई २–१ गोलले हराएको छ । आज बिहान भएको अर्को खेलमा म्यान्चेष्टर युनाइटेडले वेष्ट ब्रुमलाई १–० गोलले हराएको छ ।

Next Post

एकपटक कोरोना सङ्क्रमण भएकाहरु कम्तीमा ६ महिनासम्म दोस्रो पटक सङ्क्रमित नहुने : अध्ययन

२०७७ मंसिर ७, आईतवार ०७:०३
एजेन्सी । एकपटक कोरोना भाइरस सङ्क्रमित भएकाहरुमा कम्तीमा ६ महिनासम्म दोस्रो पटक सङ्क्रमण हुने सम्भावना नभएको एक अध्ययनले देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अर्को पटक सङ्क्रमित हुने गरी खतरा नभएको पाइएको हो । अध्ययनमा संलग्न अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर […]

सम्बन्धित शीर्षक