बाँकेमा कोरोना संक्रमित संख्या दुई हजार ५२६ पुग्यो, ६२७ जना सक्रिय संक्रमित

  ।   २०७७ आश्विन २८, बुधबार ०८:५६

बाँके । बाँके जिल्लामा हरेक दिन नोबेल कोरोना भाइरस (कोभिड– १९) का बिरामीहरु बढ्दै गएका छन् । यसैबीच जिल्लामा मंगलबार ८६ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६७ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा ११ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ८ गरी ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या दुई हजार ५२६ पुगेको छ । जसमध्ये जिल्ला भित्रका २६ र जिल्ला वाहिरका यस जिल्लामा १२ जना गरि ३८ जनाको कोरोनबाट मृत्यु भएको छ । संक्रमित मध्ये एक हजार ८७३ निको भएर डिस्चार्ज भइसकेका छन ।

जिल्लाभर हाल ६२७ जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

Next Post

नेपाल, संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा पुनः निर्वाचित

२०७७ आश्विन २८, बुधबार ०८:५६
काठमाण्डौ । नेपाल, संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा पुनः निर्वाचित भएको छ । राष्ट्र संघको मुख्यालयमा राति भएको चुनावमा नेपाल, परिषद् सदस्यमा तीन वर्षको लागि पुनः निर्वाचित भएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले विज्ञप्ति निकालेर नेपाल परिषद् सदस्यमा पुनः निर्वाचित भएको जानकारी दिएको छ । गोप्य […]

सम्बन्धित समाचार