नेपाल, संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा पुनः निर्वाचित

  ।   २०७७ आश्विन २८, बुधबार ११:१९

काठमाण्डौ । नेपाल, संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा पुनः निर्वाचित भएको छ ।

राष्ट्र संघको मुख्यालयमा राति भएको चुनावमा नेपाल, परिषद् सदस्यमा तीन वर्षको लागि पुनः निर्वाचित भएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले विज्ञप्ति निकालेर नेपाल परिषद् सदस्यमा पुनः निर्वाचित भएको जानकारी दिएको छ ।

गोप्य मतदानबाट नेपालसहित एसिया पेसिफिक क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तान परिषद् सदस्यमा निर्वाचित भएका छन् । उज्यालो अनलाइन

Next Post

सुनचाँदीको भाउ घट्यो

२०७७ आश्विन २८, बुधबार ११:१९
काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ नै घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर […]