नेपाली सेनाले ५ हजार बिरुवा रोप्दै

  ।   २०८० श्रावण १६, मंगलवार १३:३६

नेपालगन्ज । नेपाली सेनाको बज्रदल गण, इमामनगर व्यारेक राँझाले २६ बिघा खाली जमिनमा वृक्षरोपण सुरु गरेको छ । नेपाली सेनाले भोगाधिकार गरिरहेको सेनाको इमामनगर व्यारेक पछाडी रहेको २६ बिघा क्षेत्रफलमा सोमबारबाट वृक्षरोपण सुरु गरिएको बज्रदल गणले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापा, बज्रदल गणका गणपति श्याम आत्रेय पौडेल (सरुवा), बज्रदल गणका गणपति रविन श्रेष्ठ लगायतले उक्त जग्गामा सोमबार वृक्षरोपण गर्नुभएको छ ।

सितलचिनी, बकाइनो, नीम, अमला, अम्बालगायतका ५ हजार बिरुवा रोप्ने तयारी गरिएको गणपति पौडेलले बताउनुभयो । दुई हप्ताभित्र उक्त जग्गामा सम्पूर्ण बिरुवा रोपिसक्ने उहाँले जानकारी दिनुभयो ।

वृक्षरोपण कार्यक्रममा डिभिजन वन कार्यालय बाँके, नेपालगन्ज सब डिभिजन वन कार्यालय राँझा, नेपालगञ्ज फोनिक्स राउण्ड टेबल ३२ लगायतले सहयोग गरेको गणले जनाएको छ । ( गोरखापत्रबाट )

 

Next Post

आत्मनिर्भर बन्दै डुडुवा गाउँपालिकाका महिला

२०८० श्रावण १६, मंगलवार १३:३६
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले सीपमूलक तालिममार्फत पालिकाभित्रका महिलाहरूलाई आत्मनिर्भरतर्फ उन्मुख बनाउँदै छ । सीपमूलक तालिममार्फत गाउँपालिकाका ८५ जना महिलाहरू व्यवसायतर्फ उन्मुख भएका छन् । गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत समूहमा आबद्ध ८५ जना महिलालाई सीपमूलक तालिम दिएपछि ती महिला व्यवसायतर्फ उन्मुख भएका हुन् । डुडुवा गाउँपालिका ५ अन्तर्गत […]

सम्बन्धित समाचार