चोरेर लगेको समान फिर्ता

  ।   २०८० कार्तिक २४, शुक्रबार २१:२८

खजुरा । बाँकेमा अनौठो घटना घटेको छ । केही दिनअघि घर फोडेर लगेको सामान चोरले गएराति घरधनिकै आँगनमा लगेर राखिदिएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपियाँ नगद चोरेर लगेको थियो । सोही तिलहरी र केही नगद रुपियाँ गएराति घरधनिकै आँगनमा लगेर राखिछाडेको भेटिएको बुद्धबीर वलीका छोरा प्रेम वलीले जानकारी दिनुभयो ।

नगद र तिलहरी चोरी भइसकेपछि प्रहरीकोमा पनि उजुरी दिएको उहाँले जानकारी दिनुभयो । “घरमा भएको तिलहरी र नगद पैसा चोरी भएपछि हामीले प्रहरीकोमा उजुरी निवेदन दिएका थियौं” उहाँले भन्नुभयो, “मङ्गलबार राति चोरी भएको तिलहरी र नगद ४५ हजारमध्ये चोरले गएराति तिलहरी र २३ हजार ३ सय ६० रुपियाँ घरको आँगनमा छोडेर गएछ, बाँकी पैसा पनि फिर्ता गरिदिए हुन्थ्यो ।”

मङ्गलबार राति चोरेर लगेको नगद ४५ हजारमध्ये चोरले २३ हजार ३ सय ६० रुपियाँ वलीको घरको आँगनमा ल्याएर छोडेको छ । चोरले तिलहरी भने फिर्ता गरिदिएको छ । घरमा तिलहरी र नगद चोरी भएपछि बुद्धबीर वलीले खोजतलासका लागि बुधबार निवेदन दिनुभएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चोरको खोजतलास तथा अनुसन्धान भइरहको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।

Next Post

भूकम्प प्रभावित १९ जिल्लालाई नमूना जिल्ला बनाउने टेलिकमको घोषणा

२०८० कार्तिक २४, शुक्रबार २१:२८
काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमूना जिल्ला कार्यक्रम तय गरेको थियो । जसअनुसार शुक्रवार टेलिकमले नमूना सेवा दिने जिल्लाको सूचि सार्वजनिक गरेको […]

सम्बन्धित समाचार