भुकम्प पीडितलाई १३ लाखको औषधि सहयोग

  ।   २०८० कार्तिक २२, बुधबार १७:४२

नेपालगन्ज । गत शुक्रबार गएको बिनाशकारी भुकम्पमा परेका जाजरकोट र रुकुम पश्चिमका बिरामीहरुलाई औसधि उपचार गर्न सहजहोस भनि एक्सा पैरेन्टल्स लिमिटेड रुडकि भारतको सहयोग तथा एक्सादीप फर्मा डिस्ट्रिक्टर्स प्रा . लि. काठमाण्डौको सहकार्यमा १३ लाख बराबरको औंषधि सहयोग गरिएको छ ।

जाजरकोट तथा रुकुम पश्चिमका भुकम्प पिडितहरुको सहयोगार्थ १३ लाख ८ हजार ७ सय ५० बराबरको आई वी फ्लुड़ २७ हजार बोतल आज बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरिएको हो । भारतबाट आएको उक्त औषधि भन्सार गरेर सिधै एयरपोर्टमा लगेर एक्सा पैरेन्टल्स लिमिटेड रुडकि भारतका नेपाल बिजनेश मैनेजर गोपाल शाउद, पस्चिम मैनेजर दिपक खड्का, एक्सादीप फर्मा डिस्ट्रिक्टर्स प्रा लि काठमान्डौका प्रतिनिधि निर्मला अधिकारी , लेखा प्रमुख नोभा

नेपाल, औषधि ब्यबसायी संघ लुम्बिनी प्रदेसका बरिस्ठ उपाध्यक्ष अभय कुमार बस्नेत, नेपाल औषधि ब्यबसायी संघ बाँके जिल्ला शाखाका बरिस्ठ उपाध्यक्ष पवन कुमार गुप्ता,आयुष एण्ड आशिष मेडिसिन डिस्ट्रिब्युटर्सका प्रोप्राइटर ज्ञान कुमार चौधरी लगायत औषधि व्यवसायीहरुको उपस्थितिमा बाँकेका प्रजिअ पोखरेललाई हस्तान्तरण गरिएको हो ।

Next Post

लुम्बिनी प्रदेश सभाको कार्यक्रम जनप्रतिनिधिसँग

२०८० कार्तिक २२, बुधबार १७:४२
नेपालगन्ज । स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनको अवस्था वारेमा जनप्रतिनिधिहरुसंग छलफल गर्न लुम्विनी प्रदेश सभाले कार्यक्रम शुरुवात गरेको छ । आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)बाट लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले कार्यक्रमको शुरुवात गर्नु भयो । लुम्विनी प्रदेश सभा र स्थानीय तहका विच कानुन निर्माण तथा कार्यान्वय […]