बाल मृत्युदर पहिलेकै अवस्थामा फर्कन सक्ने युनिसेफको चेतावनी

नेपालमा गर्भवती परीक्षणमा ६० र स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्यामा ३५ प्रतिशतले कमी

  ।   २०७७ भाद्र २६, शुक्रबार १६:३०

काठमाण्डौ । संयुक्त राष्ट्र सङ्घीय बाल कोष ९युनिसेफ० ले कोरोना भाइरसको महामारीका कारण बाल मृत्युदरको अवस्था पुरानै भयावह अवस्थामा फर्कन सक्ने चेतावनी दिएको छ ।

बाल मृत्युदर घटाउन पछिल्लो दशकमा हात पारेको उपलब्धि कोरोनाको कारण जोखिममा परको युनिसेफले जनाएको छ । सन् २०१९ मा विश्वभर इतिहासकै सर्वाधिक कम अर्थात् ५२ लाख बालबालिकाको ज्यान गएकोमा कोरोना महामारीले गर्दा बाल तथा मातृ स्वास्थ्य सेवाहरू बन्द हुन पुगेकाले थप लाखौँ बालबालिकाको जीवन जोखिममा परेको युनिसेफको भनाइ छ ।

बालबालिका उपचारबाट बञ्चित हुने तथा कोरोना सङ्क्रमणको सिकार भइन्छ कि भन्ने डरले महिलाहरू सुत्केरी हुन अस्पताल जान डराउँदा समस्या झनै बढेको छ ।

नेपालमा लकडाउनअघिको तुलनामा गर्भवती परीक्षणमा ६० प्रतिशतले र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा ३५ प्रतिशतले कमी आएको युनिसेफले जनाएको छ । यसले गर्दा नेपालमा बाल तथा मातृ मृत्युदरमा उल्लेख्य वृद्धि हुन सक्ने चिन्ता थपिएको छ ।

युनिसेफले यसै वर्ष गरेको सर्वेक्षणका अनुसार नवजात शिशुको लागि अत्यावश्यक सेवा, गर्भवती परीक्षण, स्त्रीरोग तथा सुत्केरीपछिको स्वास्थ्यहरूमा लगभग ७५ प्रतिशतले कमी आएको छ ।

गएको मे महिनामा अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले गरेको प्रारम्भिक प्रक्षेपणले कोरोनाका कारण अस्पतालको सेवा बन्द हुँदा दैनिक ६ हजार बालबालिकाको ज्यान गइरहेको देखाएको छ । उज्यालो अनलाइन

Next Post

प्राधिकरणमा कुलमानलाई नै दोहोर्‍याउने तयारी, कार्यकाल दुई वर्ष मात्रै थप्ने प्रधानमन्त्रीको अडानमा प्रचण्डको असहमति

२०७७ भाद्र २६, शुक्रबार १६:३०
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहोर्‍याउने तयारी गरेको छ । भदौ २९ गते कार्यकाल सकिन लागेका घिसिङलाई पुनः नियुक्तिको तयारी भइरहेको र प्रस्ताव लेख्ने काम भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । ‘उहाँलाई नियुक्ति दिनको लागि प्रस्ताव लेखनको काम भइरहेको छ, […]

सम्बन्धित समाचार