देशभर बदली, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौंमा अपराह्नपछि पानी पर्ने

  ।   २०७८ आश्विन ४, सोमबार ०७:१६

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । तराई भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् । “आज काठमाडौंमा केही समय मौसम खुले पनि अपराह्नपछि पानी पर्नेछ,” मौसमविद् शाक्य भन्नुभयो, “काठमाडौंमा भारी वर्षाको भने सम्भावना छैन ।”

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

काठमाडौं आज राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन मौसमविद् शाक्यको आग्रह छ ।

Next Post

आजदेखि देशैभर भेरोसेल खोप, कुन जिल्लामा कुन उमेर समूह ?

२०७८ आश्विन ४, सोमबार ०७:१६
काठमाण्डौ । सरकारले आजदेखि देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड- १९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको वर्गीकरण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ‍, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका […]