नेपालगन्जको रामलिला मैदानमा १०औं राष्ट्रिय झण्डा दिवस

  ।   २०८२ बैशाख २, मंगलवार १३:०४

नेपालगन्ज । राष्ट्र र राष्ट्रियताको प्रतिकको रुपमा रहेको नेपाली झण्डाको सम्मानमा १०औं राष्ट्रिय झण्डा दिवस सोमबार नेपालगन्जमा मनाईएको छ ।

नेपालगन्जको रामलिला मैदानमा बास नेपाल र अन्तरालको संयुक्त आयोजनामा उक्त दिवस मनाईएको हो । नेपाली झण्डाले सबै नेपालीलाई एक शुत्रमा बाध्ने कुरालाई महशुस गर्दै नेपाली नयाँ बर्षको पहिलो दिन देशको ध्वजको सम्मानका लागि झण्डा महोत्सबलाई सबैको साझाँ कार्यक्रमको रुपमा मनाईएको हो । झण्डा दिवसको अवसरमा बोल्दै अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाहले बर्षको पहिलो दिन नेपाली ध्वजको सम्मानका लागि झण्डा दिवसको परिकल्पना गरिएको बताउनु भयो ।

कार्यक्रममा बरिष्ट अधिबक्ता तथा बास नेपालका सल्लाहकार लोक बहादुर शाह, नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपप्रमुख उमा थापा मगर लगायतले झण्डा दिवसको बारेमा शुभकामना मन्तब्य राख्नु भएको थियो ।

दिवसको औपचारीक कार्यक्रम बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेकाथिए भने कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गर्नु भएको थियो ।

यसैगरी बास नेपालका शाखा मार्फत देशका विभिन्न जिल्लाहरुमा झण्डा दिवस मनाईएको छ । बैशाख १ गते नयाँ बर्षको पहिलो दिन बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, रुपन्देही, सल्यान, ललितपुर, दार्चुला, जाजरकोट, सिराहा, झापा, प्युठान लगायत जिल्लाहरुमा समेत झण्डा दिवस भब्यताका साथ मनाईएको छ ।

Next Post

नेपालगन्ज भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु

२०८२ बैशाख २, मंगलवार १३:०४
नेपालगञ्ज भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ । अस्पताल प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालमा मंगलबारदेखि पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिनु भएको हो । उहाँले दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्न लागेको र त्यसका लागि सबै प्रक्रिया पूरा भएको बताउनु भयो । ‘एक […]