आज बाँकेमा ४१ जना संक्रमित पुष्टि

  ।   २०७७ भाद्र १५, सोमबार २०:११

बाँके । बाँके जिल्लामा आज सोमबार साझ सम्म ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको PCR ल्याबबाट ४० जना र बागेश्वरी ल्याबबाट १ जना गरि ४१ जना भएका हुन् ।

जनस्वास्थ्य बाँके फोकल पर्शन नरेश श्रेष्ठले जारी गरिको रिपोर्ट अनुसार १६ महिला र २५ पुरुषमा कोरोना भाइरस पुष्टि भएको उल्लेख गरिएको छ । यो संगै अब बाँके जिल्लामा जम्मा कोरोना संक्रमितहरुको संख्या १ हजार ४३ पुगेको छ भने ७ सय ३० जना निको भएर घर गएका छन् । विभिन्न आइसोलेसन सेन्टरमा ३ सय ७ जना संक्रमित उपचाररत छन । ६ जनाको मृत्यु भैसकेको छ ।

Next Post

किन चाहियो घुम्ने कुर्सी

२०७७ भाद्र १५, सोमबार २०:११
कृष्टि चौधरी | कोहलपुर नगरपालिका २ का वडा अध्यक्ष कर्ण सिंह बुढा क्षेत्री सोमबार कर्मचारीको छेउमै देखिनुभयो । बाहिर सेवाग्राहीको लाइन, कर्मचारी अभाव भएर होला सायद सेवा लिनेहरुले धेरै समय कुर्नुपर्ने अवस्था थियो । तर वडा अध्यक्ष कर्मचारीले पेश गरेका फाइल भुईंमै बसेर हस्ताक्षर गर्दै हुनुहुन्थ्यो । कत्ति पनि समयलाई […]

सम्बन्धित समाचार