महामारी शुरु भएयता बाँके जिल्लामा मात्रै ४३ जनाको मृत्यु

  ।   २०७७ पुष १२, आईतवार १८:०१

कोरोना भाइरसको महामारी शुरु भएयता बाँके जिल्लामा मात्रै ४३ जनाको मृत्युभएको छ । ४१ हजार ८ सय ५१ जनाको आरटी पीसीआर गर्दा ४ हजार ३ सय ४९ जनालाई कोरोनाको संक्रमण देखिएको छ ।

बाँके जिल्लाको कोभिड १९ सम्बन्धी दैनिक अपडेट दिने निकायका अनुसार हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय १० जना रहेको छ ।

संक्रमित मध्ये ४ हजार १ सय ९६ जना संक्रमण मुक्त भएका छन ।

जिल्लाका ८ वटा पालिका मध्ये सबैभन्दा बढी संक्रमितको संख्या नेपालगंज, कोहलपुर, खजुरा, राप्तीसोनारी गाउँमा भएको देखिन्छ । बाँकेको संक्रमण दर ०.७२ प्रतिशत रहेको छ ।

Next Post

अफगानिस्तान सरकार र तालिवानबीचको अर्को चरणको शान्तिवार्ता जनवरी ६ मा हुने

२०७७ पुष १२, आईतवार १८:०१
एजेन्सी । तालिवान र अफगान सरकारबीच अर्को चरणको शान्तिवार्ता आउँदो जनवरी ६ तारिखमा हुने भएको छ । अर्को चरणको वार्ता पनि कतारमै हुने राष्ट्रपति असरफ घानीले बताउनुभएको हो । राष्ट्रपति असरफ घानीले कतारको दोहामा भएको पहिलो चरणको वार्तापछि स्वदेशमै वार्ताका लागि वातावरण बनाइने बताइरहे पनि तालिवान समूहले सुरक्षाको कारण देखाउँदै […]