अफगानिस्तान सरकार र तालिवानबीचको अर्को चरणको शान्तिवार्ता जनवरी ६ मा हुने

  ।   २०७७ पुष १३, सोमबार ०८:४५


एजेन्सी । तालिवान र अफगान सरकारबीच अर्को चरणको शान्तिवार्ता आउँदो जनवरी ६ तारिखमा हुने भएको छ ।

अर्को चरणको वार्ता पनि कतारमै हुने राष्ट्रपति असरफ घानीले बताउनुभएको हो । राष्ट्रपति असरफ घानीले कतारको दोहामा भएको पहिलो चरणको वार्तापछि स्वदेशमै वार्ताका लागि वातावरण बनाइने बताइरहे पनि तालिवान समूहले सुरक्षाको कारण देखाउँदै अफगानिस्तानमा फर्किन नमानेको समाचार संस्था एएफपीले जनाएको छ ।

तालिवान समूह र सरकारबीच दोहाको एक होटेलमा सेप्टेम्बर १२ मा पहिलो चरणको वार्ता सुरू भएको थियो तर वार्ता जनवरी ५ सम्मका लागि स्थगित भएको छ । वार्तामा मध्यस्थता गर्ने बताएका केही देशले कोरोना महामारीको कारणले आफ्नो प्रस्तावलाई अघि बढाउन ढिला भइरहेका समय वार्ताको नयाँ स्थान र मिति तय भएको छ ।

दुवै पक्षका वार्ताकारहरूले महिनौंदेखिको वार्ताले कुनै औचित्यपूर्ण परिणाम दिन नसकेपछि बैठकलाई डिसेम्बरमा केही समयका लागि भन्दै स्थगित गरेका थिए । छलफल र धार्मिक व्याख्याको आधारभूत ढाँचामा दुई समूहबीचको विवाद समाधानतिर जान नसकेपछि वार्ता अवरुद्ध बनेको थियो ।

शान्तिवार्ताले तालिवान र वासिङ्टनबीच गएको वर्षको फेब्रुअरीमा हस्ताक्षर गरेको महत्त्वपूर्ण अमेरिकी सेना फिर्तासम्बन्धी सम्झौता पछ्याउनेछ । सम्झौताअनुसार आउँदो वर्षको मेमा सबै विदेशी सैनिकहरू अफगानिस्तानबाट फिर्ता हुनेछन् ।

Next Post

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकियो

२०७७ पुष १३, सोमबार ०८:४५
एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको लिभरपुल रेलिगेसन क्षेत्रमा रहेको वेष्ट ब्रोमसँग एकरएक गोलको बराबरीमा रोकिएको हो । लिभरपुलका साडियो मानेले खेलको १२ औं मिनेटमा नै गोल गर्न सफल भए । खेलको सुरुवातमा नै अग्रता बनाएको […]

सम्बन्धित शीर्षक