इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकियो

  ।   २०७७ पुष १३, सोमबार ०८:४७

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकिएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको लिभरपुल रेलिगेसन क्षेत्रमा रहेको वेष्ट ब्रोमसँग एकरएक गोलको बराबरीमा रोकिएको हो । लिभरपुलका साडियो मानेले खेलको १२ औं मिनेटमा नै गोल गर्न सफल भए । खेलको सुरुवातमा नै अग्रता बनाएको लिभरपुलले त्यसपछि गोल थप्न सकेन ।

खेलको ८२ औं मिनेटमा वेष्ट ब्रोमका सेमी अजयीले गोल गरेपछि ब्रोमले खेल बराबरी गर्न सफल भयो । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन । यो बराबरीपछि लिभरपुलले दोस्रो स्थानको एभर्टनसँगको दूरी पाँच अंकमा पुर्याउने मौका गुमायो । बराबरीपछि लिभरपुलको ३२ अंक भएको छ । वेष्ट ब्रोमको आठ अंक छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीलाई लिड्स युनाइटेड हराएको छ । घरेलु मैदानमा लिड्सले बर्नलीलाई १र० ले हराएको हो । खेलको सुरुवातमै प्राप्त पेनाल्टीमा गोल गर्दै लिड्सले तीन अंक बटुल्यो । यस सिजन लिड्सले घरेलु मैदानमा तीन खेलमा जित निकालेको छ ।

जितसहित लिड्स २० अंकसहित तालिकाको ११ औं स्थानमा उक्लिएको छ । बर्नली १३ अंकसहित रेलिगेशन जोनभन्दा मात्र दुई स्थानमाथि छ ।

Next Post

राष्ट्र बैंकले सोमबार दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

२०७७ पुष १३, सोमबार ०८:४७
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज झण्डै दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सूचना निकालेर बिल बिक्रीको लागि बोल–कबोल खुलाएको हो । बोल(कबोल प्रक्रियाका माध्यमबाट यो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार १० करोड बराबरको ट्रेजरी […]

सम्बन्धित शीर्षक