सेन्टरका केन्द्रिय र प्रसा जिल्ला पदाधिकारी

  ।   २०८० श्रावण २८, आईतवार १७:३०

प्रेस सेण्टर नेपालका केन्द्रीय पदाधिकारी र पर्सा कार्यसमितिबीच छलफल भएको छ ।

सेण्टरकाे केन्द्रीय पदाधिकारी र जिल्ला कार्यसमितिबीच महासंघकाे सदस्यता नविकरण, नयाँ सदस्यता वितरण तथा संगठनकाे अवस्थाकाे बारेका छलफल भएको हाे । छलफलका क्रममा सदस्यतामा महासंघ पर्सा शाखाले कसैलाई पूर्वाग्रहीरूपमा बञ्चित गराईए सह्य नहुने र सदस्यता प्राप्तिका लागि केन्द्रले पहल गर्ने आश्वासन दिएकाे छ । त्यस्तै संगठनका सदस्यहरूलाई सरकारी सञ्चार माध्यममा आवद्ध गराउनका लागि पनि संगठनले पहल गर्ने तथा संगठनलाई अझ सशसक्त र बलियाे बनाउन प्रशिक्षण सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ ।

प्रेस सेण्टरका पर्सा अध्यक्ष दीपक गाैतमकाे अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, उपाध्यक्ष द्वय निर्मल ज्ञवाली, गाेविन्द देवकाेटा, महासचिव संताेष पाैडेल लगायतले सेण्टरकाे वर्तमान अवस्था र रणनीतिकाे बारेमा जानकारी गराएकाे थियाे । छलफलमा पर्सा इञ्चार्ज निरज पिठाकाेटेले पत्रकार महासंघ पर्साकाे सुद्धिकरण अभियान, नयाँ सदस्यता वितरण र संगठनकाे अवस्थाकाे बारेमा जानकारी गराएकाे थियाे । कार्यक्रममा पर्साका कार्यसमिति सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

Next Post

समावेशी प्यानल नै आधिकारिक: राप्रपा, बाँके

२०८० श्रावण २८, आईतवार १७:३०
नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले समावेशी प्यानल नै आफ्नो आधिकारिक प्यानल भएको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै समावेशी प्यानल नै आधिकारिक प्यानल भएको जनाएको हो । राप्रपा बाँके जिल्ला अध्यक्ष नरेन्द्र कुमार पौडेलद्वारा जारी बिज्ञप्तिमा आफूनिकटका सम्पुर्ण उद्धमी व्यवसायीलाई समावेशी प्यानलको टंकबहादुर धामी नेतृत्वको उम्मेदवारहरुलाई […]