मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना

  ।   २०७७ श्रावण ८, बिहीबार १०:२७

सुर्खेत-प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारबाही गर्न थालेको छ। गृहमन्त्रालयले कोभिड-१९ को संक्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई रु १०० जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो ।

निर्देशन गतअसार २४ गतेबाट कार्यान्वयन तहमा लैजाँदा साउन ७ गतेसम्म एक हजार ५९ व्यक्ति कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। ‘असार २४ गतेदेखि यहाँका नागरिकलाई अनिवार्य रुपमा मास्क लगाएर हिँड्डुल गर्न सूचना गरिएकाेमा अटेरी गर्ने एक हजार ५९ व्यक्तिलाई कारबाही गरेका हाैैं’, उनले भने। उनका अनुसार जरिवानाबाट कूल एक लाख पाँच हजार ९०० रुपैयाँ राजस्व संकलन भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले मास्कविना हिँड्डुल गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीस्वरुप रु १०० जरिवाना तिर्न लगाइएको बताए। कोरोना सङ्क्रमण निवारण नभएकाले नागरिकलाई भौतिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन सूचना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रासस

Next Post

वस्तुको प्रत्यक्ष बिक्रीका नाममा चलेको नेटवर्किङ धन्दामा नियामकको रहस्यमय मौनता

२०७७ श्रावण ८, बिहीबार १०:२७
काठमाडौं-वस्तुको प्रत्यक्ष बिक्रीका नाममा अवैध नेटवर्किङ व्यवसाय पुनः ब्युँतिएको छ। यसअघि लुकिछिपि पिरामिड शैलीमा सदस्य बनाउने र अवैध नेटवर्किङ व्यवसाय गर्ने कम्पनी तथा व्यक्तिहरु अहिले इजाजत पाएर यो व्यवसायलाई वैधानिक बनाउने बाटोमा लागेका छन्। तर नियामक र जिम्मेवार निकाय भने रहस्यमय मौनता साँधेर बसेका छन्। न मन्त्रालय बोल्छ, न विभाग। […]

सम्बन्धित समाचार