देउडाको तालमा चुनावी माहोल: कोहलपुर–१ मा तारा चिन्हका पक्षमा नरेन्द्र पाण्डे (जेम्स) का लागि उत्साहपूर्ण जनउभार

  ।   २०८२ फाल्गुन ७, बिहीबार १७:१८

कोहलपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाँके क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) को पक्षमा कोहलपुर–१ मा सांस्कृतिक माहोलसहित जनसमर्थन अभिव्यक्त गरिएको छ। देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे सहितको टोलीले स्थानीयबीच चुनावी सन्देश प्रवाह गरेको हो।

कोहलपुर–१ का स्थानीयवासीहरू उत्साहपूर्वक देउडा खेलमा सहभागी हुँदै तारा चिन्हमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन्। सांस्कृतिक परम्परासँगै चुनावी अपिल जोडिँदा कार्यक्रमले विशेष रौनक पाएको थियो। सहभागीहरूले यसपटक क्षेत्रको विकास र समावेशी नेतृत्वका लागि युवा उम्मेदवारलाई अघि सार्ने समय आएको बताएका छन्।स्थानीयहरूको भनाइमा हालसम्म कुनै लाभको पदमा नरहेका युवा नेता नरेन्द्र पाण्डेले स्वच्छ छवि र स्पष्ट भिजन प्रस्तुत गरेका कारण उनीप्रति विश्वास बढेको हो। कोहलपुरदेखि बिकट राप्ती सोनारी र नरैनापुरसम्म समग्र विकासका लागि पाण्डे उपयुक्त पात्र रहेको उनीहरूको धारणा छ।

कोहलपुर–१ का स्थानीय वीर सिंह दमाईका अनुसार यसपटकको निर्वाचनमा बाँके–१ मा नरेन्द्र पाण्डे (जेम्स) को पक्षमा जनउभार देखिएको छ। उनले दलित, महिला, मधेसी तथा सबै समुदायको अधिकारका लागि लड्ने प्रतिबद्धता व्यक्त गर्दै तारा चिन्हमा मतदान गर्ने बताए। विगतमा विभिन्न प्रलोभनमा परेर अन्य दललाई मतदान गरिएको भए पनि यसपटक कुनै प्रलोभनमा नपरी आफ्नै विवेकले मतदान गर्ने उनको भनाइ छ।स्थानीयहरूका अनुसार आधुनिक कोहलपुरको स्पष्ट भिजन, राप्ती सोनारी र नरैनापुरको विकास तथा समृद्धिको ठोस मोडल प्रस्तुत गरेका कारण पाण्डे बलिया उम्मेदवारका रूपमा अघि बढेका छन्। सबै जातजाति, भाषा–भाषी र समुदायसँग आत्मीय सम्बन्ध स्थापित गर्न सफल भएको भन्दै उनीहरूले आगामी निर्वाचनमा नरेन्द्र पाण्डे (जेम्स) लाई विजयी गराउने अठोट व्यक्त गरेका छन्।

Next Post

मोहनपुर फारममा दिपेन्द्र बिष्टको घरदैलो : खेत–खलिहान र बस्तीमा बढ्दो समर्थन

२०८२ फाल्गुन ७, बिहीबार १७:१८
सबिता चन्द नेपालगन्ज । बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगन्ज उपमहानगरपालिका–१९ अन्तर्गत मोहनपुर फारम क्षेत्रमा घरदैलो अभियान सञ्चालन गर्नुभएको छ। बस्तीका टोल–टोल र खेत–खलिहानसम्म पुगेको उक्त कार्यक्रमले स्थानीयमा उत्साह थपेको प्रचार टोलीले जनाएको छ। मोहनपुर फारम कृषिमा निर्भर क्षेत्र पनि भएकाले यहाँका किसानले सिँचाइ, […]

सम्बन्धित शीर्षक