नेपालगंज।
भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा आज थप ४३ जना कोरोना संक्रमित फेला परेका छन ।आज दिँउसो ३ बजे अस्पतालले जारी गरेको सूचना अनुसार विभिन्न ठाउँका गरी नयाँ संक्रमित थपिएका हुन ।
प्रयोगशालामा प्राप्त ४५ हजार ९ सय ९० वटा नमुना मध्ये सबै नमुनाको जाँच कार्य सकिएको छ ।
जाँच गरिएका नमुना मध्ये ३ हजार ५ सय ८ वटा नमुनामा कोरोना पुष्टि भएको छ ।