नेपालगन्जमा ५ लाख बराबरको पटका बरामद

  ।   २०८० कार्तिक २५, शनिबार २१:२०

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले  पाँच लाख मूल्य बराबरको पटका बरामद गरि नष्ट गरेको छ । भारतको रुपैडियाबाट लुकाईछिपाई ल्याइएको प्रतिबन्धित पटका जन्य वस्तु प्रहरीले पानीको खाल्डोमा हालेर नष्ट गरेको प्रहरीले जनाएको छ ।

विभिन्न समयमा वडा प्रहरी कार्यलयले नियन्त्रण लिएको पटका शनिबार जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा पानीको खाल्डोमा हालेर नष्ट गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरिबहादुर बिसिले जानकारी दिनुभयो ।

जमुनाह नाका हुदै  नेपालगन्ज भित्राइएका पटका प्रहरीले नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालय भित्र परीसरमा पानीको खाल्डोमा हालेर उक्त वस्तु नष्ट गरिएको बिसिले बताउनुभयो । पटका जन्य वस्तुले स्वास्थ्य, वातावरण र धनजनमासमेत  क्षति गर्ने बताइन्छ । नेपालमा पटाका जन्य बस्तु पटड्काउन प्रतिबन्ध गरिएको छ ।

Next Post

देवचुलीमा जिप दुर्घटना ६ को मृत्यु

२०८० कार्तिक २५, शनिबार २१:२०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जिप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । बौदीकाली गाउँपालिकाको माझ डाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको बर्दघाट प्रहरीले बताएको छ । जिप दुर्घटनामा […]