पाकिस्तानसँगको दोस्रो टी-२० खेलमा इङ्ग्ल्याण्ड ५ विकेटले विजयी

  ।   २०७७ भाद्र १५, सोमबार ०७:०८

काठमाण्डौ । घरेलु टिम इङ्ग्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।

म्यानचेस्टरमा गएराति भएको खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।

ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

दोस्रो ट्वान्टी–ट्वान्टीमा जित निकालेसँगै तीन खेलको सिरिजमा इङ्ग्ल्यान्डले १–० को अग्रता बनाएको छ । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल भोलि हुनेछ ।

Next Post

अमेरिकामा संक्रमितको संख्या ६० लाख पार, कलेजमा फैलियो संक्रमण

२०७७ भाद्र १५, सोमबार ०७:०८
नेपालगन्ज । आइतबार कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख पार भएको छ । यसका साथै मिडवेस्टका थुप्रै राज्यमा संक्रमण तीब्र रुपमा बढ्न थालेको छ । आयोवा, नर्थ डाकोटा, साउथ डाकोटा र मिनिसोटामा संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ । यस्तै मोन्टाना अस्पतालमा भर्ना गरिएका बिरामीको संख्यामा पनि वृद्धि भएको छ […]