नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स विजयी

  ।   २०७७ आश्विन ५, सोमबार ०७:२०

नेपालगन्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले विजयी सुरुअवात गरेको छ ।

आइतबार राति भएको खेलमा दिल्लीले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो । सुपर ओभरमा पन्जाबले दिएको तीन रनको लक्ष्य दिल्लीले मात्र दुई बल खेल्दै पूरा गरेको थियो ।

दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा आठ विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्दा खेल सुपर ओभरमा पुगेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५७ रन जोडेको थियो ।

खराव सुरुआत गरेको दिल्लीले चार ओभरमा मात्र १३ रन हुँदा तीन विकेट गुमाएको थियो ।

यस जितसँगै दिल्लीले आईपीएलमा सुखद सुरुआत रगेको छ ।

Next Post

दाङ : बंगलाचुली गाउँपालिकाका सामुदायिक विद्यालयहरु सञ्चालन

२०७७ आश्विन ५, सोमबार ०७:२०
पवन कुमार चौधरी दाङ । जिल्लाको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन् । गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, नौवटा बाल विकास केन्द्र र एउटा निजी विद्यालयमा आइतबारदेखि पठनपाठन सुरु भएको हो । गाउँपालिकाले पहिलो चरणमा बाल विकास केन्द्रदेखि कक्षा ५ सम्म पठनपाठन सुरु गर्ने निर्णयअनुसार […]