दाङ : बंगलाचुली गाउँपालिकाका सामुदायिक विद्यालयहरु सञ्चालन

  ।   २०७७ आश्विन ५, सोमबार ०७:२९

पवन कुमार चौधरी

दाङ । जिल्लाको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन् ।

गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, नौवटा बाल विकास केन्द्र र एउटा निजी विद्यालयमा आइतबारदेखि पठनपाठन सुरु भएको हो । गाउँपालिकाले पहिलो चरणमा बाल विकास केन्द्रदेखि कक्षा ५ सम्म पठनपाठन सुरु गर्ने निर्णयअनुसार पठन पाठन सुरु भएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी कक्षा ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर सञ्चालन गरिने तयारी भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा शिशुदेखि कक्षा ५ सम्म ४ हजार ९७६ विद्यार्थी रहेका छन् ।

गाउँपालिकामा जम्मा ७ हजार २५४ जना विद्यार्थीहरु रहेका छन् । नेपाल सरकार शिक्षा तथा प्रविधि मान्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को गाइडलाइन अनुसार गाउँपालिकाले पठनपाठन सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बतानुभयो ।

Next Post

केन्द्रीय सदस्य र पूर्णकालीन कार्यकर्तालाई पैसा दिने नेकपामा प्रस्ताव

२०७७ आश्विन ५, सोमबार ०७:२९
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कमिटी सदस्यहरू र पार्टीका पूर्णकालीन कार्यकर्ता (होल टाइमर) लाई नियमित रूपमा आर्थिक सहयोग दिने एजेन्डा छलफलका लागि सचिवालयमा प्रस्तुत गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई पार्टीले आर्थिक सहयोग दिने एजेन्डा पनि छलफलका लागि पेश गरिएको […]