माओवादीका वडा सम्मेलन धमाधम, संयोजक जेम्सको दौडधुप निकै

  ।   २०८१ असार २, शनिबार १८:१२

सबिता चन्द

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाँकेको वडा सम्मेलन धमाधम हुँदै छ । जिल्ला समन्वय समिति संयोजक नरेन्द्र प्रसाद पाण्डे (जेम्स) लगायतका नेताहरू यतिखेर गाउँ बस्तीहरुमा दौडधुप गरिरहनु भएको छ ।          सनिवार नेपालगन्ज उपमहानगरपालिका वडा नं। १४ का स्थानीय बासिन्दाका घरदैलो मै पुगेर वडा सम्मेलनको तयारीमा जुट्नु भयो । संयोजक जेम्सले माओवादीको अभियान अन्तर्गत गाउँबस्ती धाउन थालेको बताउनु भयो । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य दिपेन्द्र बिष्टले जिल्लामा माओवादीको वडा सम्मेलन तीब्र रुपमा सफल हुने गरेको बताउनु भयो ।          नेपालगन्ज(१४ का भवनियापुर, कैरातिपुर, गोसाईपुरुवा, बालेगाउँ, उधौपुरुवा, बाबुगाउँ लगायतका बस्तीमा पार्टी वडा अध्यक्ष गुलाम रसुल साईसँग संयोजक जेम्सको टोलि पुग्नु भयो । वडा नं। १४ का सबै टोल बस्तीमा पुगेर आइतबार हुने वडा सम्मेलनको तयारी गर्नु भयो । हात जोड्दै संयोजक जेम्स लगायतका नेताहरू टोल बस्तीमा पुगेपछि टोल बस्तीका सर्वसाधारण उत्साहित भएको गुलाम रसुलले बताउनु भयो ।          वाड १४ का इन्चार्ज समेत रहनु भएका दिपेन्द्र बिष्टले फोन मार्फत वडाका नेताकार्यकर्तासँग जोडिएर भएपनि पार्टी सक्रिय रहेको बताउनु भयो ।

Next Post

नरेन्द्र ददेलको संयोजकत्वमा वाइसीएल बाँके गठन

२०८१ असार २, शनिबार १८:१२
सबिता चन्द नेपालगन्ज । नरेन्द्र ददेलको संयोजकत्वमा वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समिति गठन गरिएको छ । नेकपा माओवादी केन्द्रको भातृसंगठनको रुपमा रहेको वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समितिको सनिवार एक कार्यक्रमका बीच जिल्ला नेतृत्व गठन गरिएको हो ।          ददेलको संयोजकत्वमा सह(संयोजक सुनिल गिरी, अर्का(सह संयोजक […]

सम्बन्धित शीर्षक