नरेन्द्र ददेलको संयोजकत्वमा वाइसीएल बाँके गठन

  ।   २०८१ असार २, शनिबार २२:३६

सबिता चन्द

नेपालगन्ज । नरेन्द्र ददेलको संयोजकत्वमा वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समिति गठन गरिएको छ । नेकपा माओवादी केन्द्रको भातृसंगठनको रुपमा रहेको वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समितिको सनिवार एक कार्यक्रमका बीच जिल्ला नेतृत्व गठन गरिएको हो ।          ददेलको संयोजकत्वमा सह(संयोजक सुनिल गिरी, अर्का(सह संयोजक लाल बहादुर खड्का र सचिव सुजल खड्का चयन हुनुभयो ।

वाइसीएल बाँकेको कार्यसमितिले बिस्तारै पुर्णता पाउने स्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्ण कुमारी सुवेदी ९सिला० ले वाइसीएल बाँकेले आफ्नो दायित्व निर्वाह गर्दै अगाडि बढ्न निर्देशन दिनु भयो । उहाँले नवनिर्वाचित नेतृत्वलाई बधाई दिदै सबै जना एक ढिक्का भएर संगठनको हितमा अगाडि बढ्नलाई उत्साह दिनु भयो । इन्चार्ज सुवेदीले पार्टीको स्प्रीट अनुसार चल्नुपर्ने बताउनु भयो । यस्तै नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र पाण्डे ९जेम्स०ले जसरी नेतृत्व लिन तम्सिनु भएको छ त्यसरी नै संगठन निर्माणमा जुट्न वाइसीएल बाँके नवनिर्वाचित नेतृत्वलाई निर्देशन दिनुभयो ।    वाइसीएल बाँकेले तत्काल पालिका स्तरीय वाइसीएल बनाउन पहल थाल्ने नवनिर्वाचित संयोजक नरेन्द्र ददेलले बताउनु भयो । संगठनको नीति विधि अनुसार आफूहरु चल्ने सचिव सुजल खड्काले बताउनु भयो ।

Next Post

नेकपा माओवादी केन्द्र नेपालगन्ज-१४ को अध्यक्षमा गुलाम रसुल

२०८१ असार २, शनिबार २२:३६
सबिता चन्द नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ को सम्मेलनले गुलाम रासुलको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । पार्टीको सर्कुलर अनुसार आइतबार वडा सम्मेलन गरिएको वडा इन्चार्ज तथा प्रदेश सदस्य दिपेन्द्र बिष्टले बताउनु भयो ।  गुलाम रसुलको अध्यक्षतामा गठन भएको वडा कार्यसमितिमा […]