नेकपा माओवादी केन्द्र नेपालगन्ज-१४ को अध्यक्षमा गुलाम रसुल

  ।   २०८१ असार ३, आईतवार १८:३६

सबिता चन्द

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ को सम्मेलनले गुलाम रासुलको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । पार्टीको सर्कुलर अनुसार आइतबार वडा सम्मेलन गरिएको वडा इन्चार्ज तथा प्रदेश सदस्य दिपेन्द्र बिष्टले बताउनु भयो ।  गुलाम रसुलको अध्यक्षतामा गठन भएको वडा कार्यसमितिमा उपाध्यक्ष खलिल कवाडिया, सचिब कमलेश कुमार पाठक, सहसचिव विशाल कोरी, कोषाध्यक्ष हनुमान काशी लगायत २१ जनाको कार्यसमिति निर्वाचित भएको अध्यक्ष गुलाम रसुलले बताउनु भयो ।          सयौ जना नेता कार्यकर्ताको उपस्थितिमा भव्य रुपमा सम्मेलन सम्पन्न गरेको सचिव कमलेश कुमार पाठकले जानकारी दिनुभयो । नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई बधाई दिदै नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र प्रसाद पाण्डे (जेम्स) ले वडाको क्रियाकलापमा एकजुट भएर लाग्न निर्देशन दिनुभयो । संयोजक पाण्डेले भन्नुभयो,´मिसन ८४ लक्षित भेटघाट कार्यक्रमलाई जोडदिनु होस् । अहिले देखि जनतासँग प्रत्येक्ष जोडिएर जनताका काम जनस्तरदेखि गरेर मन जित्नुहोस् ।` त्यस्तै प्रदेश सदस्य दिपेन्द्र बिष्टले सबै नेताकार्यकर्ता मिलेर समुदामा लाग्नु पर्ने बताउनु भयो ।  सम्मेलनमा नेकपा माओवादी केन्द्र नगर सचिब प्रेमबहादुर शाह लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Next Post

गुलरिया नगरपालिकाको वडा नम्बर १२ बालविवाह मुक्त वडा घोषणा

२०८१ असार ३, आईतवार १८:३६
नेपालगन्ज । बर्दिया जिल्लाको गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियानलाई तिव्र पारिएको छ । सोही क्रममा प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाले गुलरियाको वडा नं १२ लाई बालविवाहमुक्त वडा घोषणा गरेको छ । गुलरिया वडा नम्बर १२ मा आयोजना गरिएको एक बृहत् समारोहमा सो […]