अखाद्य वस्तुमाथी निगरानी गर्न सुरु

  ।   २०८० मंसिर ११, सोमबार ११:०५

नेपालगन्ज। अखाद्य बस्तुमाथि निगरानी बढाइएको छ । लेवलिङ नगरिएका र म्याद गुज्रेका अखाद्य बस्तुको विक्री वितरण भइरहेको गुनासो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले निगरानी बढाएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख एवम् अनुगमन समिति संयोजक कमरुद्दिन राईको नेतृत्वमा आज बजार अनुगमन गरिएको छ । नगरका विभिन्न ५ वटा डेरी उद्योग/पसलहरुमा अनुगमन गरिएको अनुगमन शाखा प्रमुख प्रविन रानाले बताउनुभयो । अनुगमनका क्रममा लेवलिङ नगरिएका दुध र दुग्धजन्य पदार्थ भेटिएका छन् । यस्तै उद्योग/पसलहरुमा सरसफाईको अवस्था कमजोर देखिनुका साथै आवश्यक कागजपत्र देखिने गरी नराखेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख एवम् प्रतिनिधि र पत्रकारसहितको अनुगमन टोलीले अखाद्य बस्तु नष्ट गरेको छ । खजुरा रोडस्थित जनता दुग्ध डेरी उद्योगमा लेवल विनाको आधा/आधा लिटरको ६ पोका दही नष्ट गरिएको रानाले जानकारी दिनुभयो । यस्तै गणेशपुरस्थित अम्बे डेरी उद्योगमा लेवलिङ नगरिएका चार पोका डुनट नष्ट गरिएको छ । डिएसपी रोडस्थित कान्हा डेरी उद्योगमा थुप्रै अखाद्य पेय पदार्थ नष्ट गरिएको छ । म्याद गुज्रिएका कोकाकोला, फ्याण्टा, ४ प्याकेट ब्रेड लगायत बस्तु अनुगमन टोलीले नष्ट गरेको छ ।

यस्तै गुणस्तर विश्लेषणका लागि जनता डुग्ध डेरीबाट पनिर, अम्बेबाट घ्यु र रियासत डेरी पसल डिएसपी रोडबाट दुधको नमुना ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले बताउनुभयो । खजुरा रोडस्थित खनाल डेरीमा पनि केही दुग्धजन्य बस्तु लेवलिङ नगरेको पाइएको छ । अनुगमनका क्रममा उद्योग/पसल संचालकहरुलाई सचेत बनाइएको छ ।

उपप्रमुख राईले उपभोक्ताको असल स्वास्थ्यका लागि खाद्य बस्तुहरुको निरन्तर अनुगमन गरिरहेको बताउनुभयो । राईले पछिल्लो समय डेरी पसलहरुको गुनासो बढेपछि निगरानी बढाइएको जानकारी दिनुभयो । अनुगमन टोलीमा उपप्रमुख राई, कार्यपालिका सदस्य वसन्त कनौजिया, नेपालगन्ज उपमहानगरपालिकाका अनुगमन शाखा प्रमुख राना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका निमित्त प्रमुख अमित भूषण सुमन, खाद्य अनुसन्धान अधिकृत बुढाथोकी, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम लगायत सहभागी हुनुहुन्थ्यो ।

Next Post

बालविवाह अन्तका लागि गुलरिया नगरपालिकाको प्रतिवद्धता

२०८० मंसिर ११, सोमबार ११:०५
नेपालगन्ज । बालबालिकाको अधिकार संरक्षणका लागि बालिका पुजा चौधरीेले टेक ओभर गर्दै सांकेतिक रुपमा बर्दियाको गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्ने अवसर पाउनु भयो । १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको गुलरिया नगरपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रममा चौधरीले उपमेयरको भूमिका निर्वाह गर्नु […]

सम्बन्धित समाचार