खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

  ।   २०७७ चैत्र २०, शुक्रबार ०९:०१

काठमाडौं । नेकपा एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ। शुक्रबार बिहान ११ बजे कलंकीस्थित एक वैंक्वेटमा बैठक बस्ने तय भएको स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले विधान संशोधन, केन्द्रीय कमिटी विस्तार तथा महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल–नेपाल समूहले देशव्यापी समानान्तर संरचना निर्माण गर्दै जाने तयारी गरेको छ।

उक्त समूहले अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायत समान्तनर कमिटि बनाइसकेको छ। बिहीबार मात्रै गण्डकी प्रदेशका विभिन्न जिल्लामा समामान्तर कमिटी गठन गरेको छ।

कास्कीमा बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रमा पनि समानान्तर संरचना निर्माण गर्ने घोषणा गर्नुभएको थियो ।

Next Post

जनगणनाका लागि ११ हजार सुपरीवेक्षको नाम निकाल्दै तथ्यांक विभाग

२०७७ चैत्र २०, शुक्रबार ०९:०१
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का लागि सुपरीवेक्षक पदका लागि आज नतिजा प्रकाशित हुँदैछ। विभागका अनुसार आवेदकहरुले पेस गरेका व्यक्तिगत विवरणका आधार उत्कृष्ट आवेदक छनोट अन्तिम चरणमा पुगेको छ। विभागका अनुसार करिब ८ हजार सुपरिवेक्षणक लागि ४२ हजार जनाले आवेदन गरेका थिए। ती मध्ये छनोट सूचीमा परेका ११ हजार जनाको […]

सम्बन्धित शीर्षक