जनगणनाका लागि ११ हजार सुपरीवेक्षको नाम निकाल्दै तथ्यांक विभाग

  ।   २०७७ चैत्र २०, शुक्रबार ०९:०३

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का लागि सुपरीवेक्षक पदका लागि आज नतिजा प्रकाशित हुँदैछ।

विभागका अनुसार आवेदकहरुले पेस गरेका व्यक्तिगत विवरणका आधार उत्कृष्ट आवेदक छनोट अन्तिम चरणमा पुगेको छ।

विभागका अनुसार करिब ८ हजार सुपरिवेक्षणक लागि ४२ हजार जनाले आवेदन गरेका थिए। ती मध्ये छनोट सूचीमा परेका ११ हजार जनाको नाम आज सार्वजनिक हुँदैछ। यी नाम सम्बन्धित जिल्ला जनगणना कार्यलयमा पठाइन्छ।

‘छनोट सूचीमा परेका उम्मेदवारहरुलाई सम्बन्धित जिल्ला जनगणना कार्यलयमा पठाउँछौं,’ विभागका जनगणना महाशाखाका निर्देशक ढुण्डीराज लामिछानेले भने, ‘त्यहाँबाट आफ्नो कार्यक्षेत्र सहित छनौट भएका उम्मेदवारले सुपरिवेक्षकको नियुक्ति पाउनेछन्।’

प्रत्येक घरघरमा पुगेर घरपरिवार सुची फारम भर्नुपर्ने हुन्छ। त्यसबाहेक आफ्नो मातहतमा रहेका गणकलाई सहजीकरण गर्ने काम पनि सुपरीवेक्षकले गर्नेछन्।

यसवर्ष सुपरीवेक्षक र गणकका लागि खुला आवेदन माग गरिएको थियो। अघिल्ला जनगणनामा यी कामका लागि साुमदायिक विद्यालयका शिक्षकलाई प्रयोग गरिएको थियो।

Next Post

इसाइ समुदायले मनाए इस्टर सन्डे

२०७७ चैत्र २०, शुक्रबार ०९:०३
संवाददाता, नेपालगंज। इसाइ समुदायले आज इस्टर सन्डे मनाएका छन । ‘पिता, पुत्र र पवित्र आत्म’ मा विश्वास राख्ने विश्वभरीका ख्रीष्टीय जन (इसाइ समुदाय) यस दिनमा आराधाना संगती प्रार्थाना गरी गच्छेअनुसारका खानेकुरा खाने गर्छन । र एकआपसमा शुभकामना आदानप्रदान गर्ने गर्छन । ख्रीष्टमस डे अर्थत येसू ख्रीष्टको जन्मदिन जस्तै इस्टर सन्डे […]

सम्बन्धित शीर्षक