आज चार प्रदेशमा भीषण वर्षाको सम्भावना‚ यस्तो छ आगामी तीन दिनको मौसम

  ।   २०७८ असार २०, आईतवार ०७:०७

काठमाडौं । मनसुनी वायुको प्रभाव र तराई भू–भाग नजिक रहेको मनसुनी न्युन चापीय रेखाका कारण आज प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशभरको मौसम बदली रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो पनि देशभर मौसम बदली रही प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

– थाहा खबर

Next Post

युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा

२०७८ असार २०, आईतवार ०७:०७
काठमाडौं । युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो हो । शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ गोलले र इंग्ल्याण्डले युक्रेनलाई ४-० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । यी दुई टोली […]