जिल्ला हुलाक कार्यालय बाँकेमा छुट्टै हेल्पडेक्स राख्ने तयारी

  ।   २०७७ पुष २८, मंगलवार १८:१२

संवाददाता, नेपालगंज ।
प्रेस प्रतिनिधी प्रमाण पत्र, अनलाईन नविकरण तथा नयाँ दर्ता गर्ने कार्यका लागी जिल्ला हुलाक कार्यालय बाँकेले छुट्टै हेल्पडेक्स राख्ने भएको छ । जसअनुसार हेल्पडेक्स आगामी माघ ४ गतेदेखी ९ गते सम्म संञ्चालन गरिनेछ ।

सूचना तथा प्रसारण विभागबाट प्रत्यायोजन अधिकारलाई कार्यन्यवन गर्ने सन्र्दभमा आज हुलाक कार्यालयले संम्बद्ध क्षेत्र सँग छलफल गरेको थियो ।

सोही बैठकको निर्णाय अनुसार हेल्पडेक्स राख्ने तयारी गरिएको हो ।

हुलाक कार्यालय बाँकेका प्रमुख (हुलाक अधिकृत), गोबिन्द प्रसाद पाण्डेले छलफलका क्रममा हुलाक कार्यालयलाई प्रत्यायोजीत अधिकार बारे जानकारी गराउदै संञ्चारकर्मी सँग संम्बन्धित विविध खालका सेवा प्रवाहमा सहजिकरण गर्न कार्यालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।

Next Post

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगारा कार्यक्रमको अनुगमन धमाधम

२०७७ पुष २८, मंगलवार १८:१२
बाँके / लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको राप्तीसोनारी गाउँपालिमा संचालित सबै कार्यक्रमको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव नेतृत्वको टोलीले बुधबार अनुगमन गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा कार्यक्रम अन्तरगत वडा नं. ३ र ४ आदिवासी थारु महिलाका लागि तीन महिने गार्मेन्ट निर्माणका र तालिम सहयोग, […]