गुलरियामा कसको सत्ता आउँला ? सत्तासिन काग्रेंसका संम्भावित उम्मेदवार हेर्नुहोस ।

  ।   २०७८ चैत्र २३, बुधबार २०:०३
 संवाददाता, गुलरिया।

३० बैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनपछि बर्दियाको पहिलो सदरमुकाम गुलरियाको नेतृत्व कसले पाउँला ? नेपाली काग्रेंस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले वा अन्य राजनीतिक दल ।

यतिबेला नगरका १२ वटै वडामा यो बिषयले निकै चर्चा पाईरहेको छ । गुलरियाको स्थानीय सरकारमा अहिले नेपाली काग्रेंसको सत्ता छ ।

काग्रेंस यसपटक पनि आफनो सत्ता जोगाउने पक्षमै लागेको छ । भने माओवादी, एमाले लगायतका अन्य दलहरु काग्रेंसलाई सत्ताबाट निकाल्ने कसरतमा छन ।

काग्रेंसको सत्तालाई जोगाई राख्न काग्रेंसका वडा समितिहरुबाट वहालवाला नगर प्रमुख मुक्तिनाथ यादव, नगरउपप्रमुख शुसिला गिरीलाई नै फेरी काम गर्न दिनुपर्ने सुझाव दिएको पाईएको छ ।

यस्तै वडा समितिहरुले वहालवाला नगरप्रमुख र उपप्रमुखको विकल्पका रुपमा यमनाथ घिमिरे, सावित्री गौतम, बिर बहादुर चौधरी, मनोज बर्मा, रबीन्द्र यादव, विजय दत्त देवकोटा, सुभाष पोख्रेल, भेषराज पौडेल, बिनोद यादव र अनुप यादवलाई नेतृत्वको रुपमा अगाडी बढाउँदा उपयुक्त हुने भनी सुझाव दिएको प्राप्त विवरणमा उल्लेख छ ।

काग्रेंसका वडा समितिहरुले वडा अध्यक्ष र अन्य सदस्यहरुको टुगों लगभग १२ वटै वडामा लगाई सकेका छन ।

अब सबैतिरबाट प्राप्त सिफारिस, सुझावहरुका आधारमा सकभर नयाँ अनुहार दिने नेपाली काग्रेंसको भित्री योजना रहेको काग्रेंसका नेताहरु बताउँछन ।

#गुलरिया        #निर्वाचन

अपडेट…

Next Post

गुलरियाका उपप्रमुख शुसिला गिरी एमालेमा प्रवेश

२०७८ चैत्र २३, बुधबार २०:०३
संवाददाता, नेपालगंज । बर्दियाको गुलरिया नगरपालिकाका नगर उपप्रमुख शुशिला गिरी, वडा नम्बर ६ का वडा अध्यक्ष निरज शर्मा सहितका नेपाली काग्रेंसका केही नेता, कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । आज गुलरियामा आयोजित एक समारोहका बीच गिरी सहितका नेता, कार्यकर्ताहरुलाई नेकपा एमाले पार्टीमा फुलमाला लगाई स्वागत गरिएको हो । यता बाँकेमा […]