बार्सिलोनाबाट बिदाइबारे मेस्सी आज बोल्ने

  ।   २०७८ श्रावण २४, आईतवार ०७:४७


एजेन्सी । बार्सिलोनाबाट बिदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेस्सीले आइतबार (आज) बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन्‌।

क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्कन लागेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट बिदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे लियोनल मेस्सीले सम्मेलनमा बोल्ने त्यहाँका मिडियाहरूले उल्लेख गरेका छन्‌।​​

बार्सिलोना क्लबले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘३४ वर्षीय मेस्सीले मध्याह्न हुने प्रेस सम्मेलनमा उनको बार्सिलोनासँगको सहकार्य र बिदाइबारे सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्‌। क्लबबाट उनको बिदाइ घोषणा भएदेखि यी उनका पहिलो सार्वजनिक टिप्पणीहरू हुनेछन्।’

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले शुक्रबार मेस्सीको सम्झौता नवीकरण गरेर आफू ‘क्लबलाई जोखिममा पार्न’ तयार नभएको कुरा बताएपछि मेस्सीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अनेक सम्भावनाबारे समाचारहरू लेखेका छन्।

बार्साले अगस्त १५ मा ला लिगा शुरू हुनुभन्दा अगाडि ठूलो आर्थिक समस्याको सामना गरिरहेको बताउँदै लापोर्टाले बार्सिलोना अब मेस्सीसँग करार नवीकरण गर्ने सोचमा नरहेको बताएका छन्‌।

अर्जेन्टिनी फरवार्डले अन्य प्रस्तावहरूमा विचार गरिरहेको समाचारहरू आइरहेका समय उनको प्रेस सम्मेलनलाई महत्वका साथ हेरिएको छ।

सन् २०१७ मा विश्व कीर्तिमान २२२ मिलियन युरो ९२६४ मिलियन अमेरिकी डलर० का लागि बार्सिलोनाबाट नेयमारलाई किनेको पीएसजीले मेस्सीसँग करार गर्न चाहेको बुझिएको छ।

मेस्सीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ।

Next Post

कर्णालीमा उकालो लाग्दै कोरोना संक्रमण दर

२०७८ श्रावण २४, आईतवार ०७:४७
सुर्खेत । कर्णाली प्रदेशमा साउन सुरु भएसँगै कोरोना भाइरस संक्रमण दरको ग्राफ दिनानुदिन उकालो लागेको छ। असारमा संक्रमण दर घट्ने र कोरोनामुक्त हुनेको संख्या बढेको थियो। कोरोनाको मुख्य केन्द्र मानिएको सुर्खेतमा समेत संक्रमण दर कम हुन थालेको थियो। त्यो समयमा कोरोना रोकथाम तथा नियन्त्रण हुनुमा मुख्य गरी निषेधाज्ञाको परिणाम पनि […]