गुलरियाका उपप्रमुख शुसिला गिरी एमालेमा प्रवेश

  ।   २०७८ चैत्र २४, बिहीबार १५:५७

संवाददाता, नेपालगंज ।

बर्दियाको गुलरिया नगरपालिकाका नगर उपप्रमुख शुशिला गिरी, वडा नम्बर ६ का वडा अध्यक्ष निरज शर्मा सहितका नेपाली काग्रेंसका केही नेता, कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।

आज गुलरियामा आयोजित एक समारोहका बीच गिरी सहितका नेता, कार्यकर्ताहरुलाई नेकपा एमाले पार्टीमा फुलमाला लगाई स्वागत गरिएको हो ।

यता बाँकेमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला उपसचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा, डुडुवाका महिला नेता सरोज कुमारी यादव पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बाँके, बर्दिया पुगेकै दिन वहालवाला नगरउपप्रमुख एमालेमा प्रवेश गर्नुलाई गुलरियामा बिशेष चासोका साथ हेरिएको छ । (फोटो सामाजिक संञ्जाल फेसबुकबाट)

अपडेट…

 

#एमाले     #गुलरिया     #काग्रेंस

Next Post

गुडन्यूजको नयाँ अंक पढ्नु भयो ।

२०७८ चैत्र २४, बिहीबार १५:५७
गुडन्यूजको नयाँ अंक पढ्नु भयो । यदि पढ्नुभएको छैन भने पेपर लेखिएको ठाउँमा क्लिक गरी डीजिटल फाइलमा पढ्नुहोस । Paper