युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा

  ।   २०७८ असार २०, आईतवार ०७:०९

काठमाडौं । युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो हो ।

शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ गोलले र इंग्ल्याण्डले युक्रेनलाई ४-० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

यी दुई टोली नै दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै त्यसअछि पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्नेछन् । इंग्ल्याण्डबाहेक बाँकी तीन टिम युरोकपको पूर्व विजेता हुन् ।

इटली र स्पेनबीचको खेल जुलाई ६ तथा इग्ल्याण्ड र डेनमार्कबीचको खेल जुलाई ७ मा हुनेछ ।

दुवै खेल राति १२ : ४५ बजे बेलायतको लण्डनस्थित वेम्वली स्टेडियममा हुनेछन् ।

दुई सेमिफाइनल विजेताले उपाधिका लागि जुलाई ११ मा फाइनल खेल्नेछन् ।

Next Post

कक्षा १२ को परीक्षा साउन अन्तिम साता

२०७८ असार २०, आईतवार ०७:०९
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ । बोर्डका अध्यक्ष प्रा।चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको […]