एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ।
आलियाले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो । उहाँले इन्स्टाग्राम पोस्टमा कोरोना परीक्षणमा आफूलाई पोजिटिभ देखिएको र आफू चिकित्सकको सल्लाहबमोजिम सुरक्षा प्रोटोकल पालन गर्दै होम क्वारेन्टाइनमा बसेको बताउनु भएको छ
यसअघि अभिनेता आमिर खान र गायक बप्पी लहरीलाई पनि कोरोना पुष्टि भएको थियो।




